Namaste Icon
Ad
Ad

भारतीय सेनामा मधेशी युवाले पनि भर्ती हुन पाउने

भारतीय सेनामा मधेशी युवाले पनि भर्ती हुन पाउने

काठमाडौं । भारतीय सेनामा मधेशी युवाहरु पनि भर्ती हुन पाउने भएका छन् । भारत सरकारको रक्षा मन्त्रालयले सन् २०२०–२१ को भारतीय सेना गोर्खा रेजिमेन्टको भर्ना छनौटमा मधेशी जिल्लाका युवाहरुलाई पनि समावेश गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय अनुसार विज्ञापन पनि जारी भएको जनाइएको छ । यसअघि भारतीय सेनामा नेपालका पहाडी मुलका युवाहरु मात्र समावेश हुँदै आएका थिए । अमेरिकाको न्यूजर्सी राज्यमा रहेको मधेश मानवाधिकार(मधुर)ले भारतीय सेनामा मधेशी युवाहरुलाई पनि समावेश गर्नु पर्ने माग गरेका थिए ।

मधुरका संयोजक डा.चन्दन सिंहका अनुसार दशकौं पुरानो भेदभाव अन्त्य गर्दै मधेशी समुदायलाई समान अवसर प्रदान गर्न भारत सरकारले उठाएको कदम सकारात्मक रहेको छ । ‘हामी आशा गर्दछौं कि मधेशी समुदायका युवाहरूले यस अवसरको ठूलो उपयोग गर्नेछन् ।’ डा.सिंहले भने, ‘यसले मधेश र भारतबीच रणनीतिक र दुर्लभ सम्बन्धलाई अझ मजबुत बनाउनेछ ।’

मधुरका सदस्य वन्दना महतोले भविष्यमा भारत सरकार, रक्षा मन्त्रालयले मधेशका लागि छुटै मधेशी रेजिमेन्टको व्यवस्था गर्न अनुरोध गरिन् । ब्रिटिश गोर्खा रेजिमेन्टमा पनि मधेशी युवाहरुलाई समावेश गर्न पहल भइरहेको मधुरका सचिव सशांक गुप्ताले जानकारी दिए । - राजधानी दैनिकबाट

Ad

सम्बन्धित समाचारहरु

टेक्सासमा आँधी : २१ जनाको मृत्यु

टेक्सासमा आँधी : २१ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको एक ठुलो क्षेत्रमा आएको आँधीबेहरी र चिसोको कारण अहिले सम्म २१ जनाको मृत्यु भएको छ । खराब मौसमको बारेमा राष्ट्रपति बाइडेनले पहिला नै उक्त स्थानमा आपतकालिन स्थिति घोषणा गरेका छन् । आँधीबेहरीले पावर ग्रिडहरुमा गम्भीर नोक्सानी गरेको छ जसको कारण उक्त क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ । जसको कारण मानिसहरु बीच बाटोमा नै फसेका छन् ।

उत्तर कोरियाली सर्वाेच्च नेता किमकी पत्नी सार्वजनिक

उत्तर कोरियाली सर्वाेच्च नेता किमकी पत्नी सार्वजनिक

एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनकी पत्नी एक वर्षपछि पहिलोपटक सार्वजनिक भएको सरकारी सञ्चार माध्यमले बुधबार जनाएको छ । किमका स्वर्गीय पिता तथा उत्तर कोरियाका पुर्व नेता किम जोंग इलको जन्मदिन मनाउने क्रममा आयोजित सांगीतिक कार्यक्रममा आफ्नो पतिसँग री सोल जु सहभागी भएकी हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस