Namaste Icon
Ad
Ad

यस्ता छन ल्वाङबाट हुने चामत्कारिक ५ उपचार

यस्ता छन ल्वाङबाट हुने चामत्कारिक ५ उपचार

एजेन्सी । ल्वाङ धेरै गुण भएको मसला हो । यसले खानाको स्वाद र सुगन्ध दुवै बढाउँछ । स्वास्थ्य पनि यसले गजब बनाउँछ । ल्वाङले स्वास्थ्यलाई गर्ने फाइदाका बारेमा जानिराख्नुस् ।


खोकी
लगातार खोकी लागिरहेको छ भने ल्वाङ चुसिरहनुस् । यसले खोकी निको पारिदिन्छ ।

सास गनाउने
केही मानिसको सास गनाउँछ जसका कारण उनीहरूलाई लाजमर्दो स्थिति आइलाग्छ । ल्वाङ चुस्दा मुख गनाउन छोड्छ ।


रुघा
रुघा लागेर नाक बन्द भएमा एउटा रुमालमा ल्वाङको तेलका केही थोपा हालेर सुँघ्नुस् । बन्द नाक खुल्छ र रुघाबाट मुक्ति पाइन्छ ।

छाती पोलेको
छाती पोलेको छ भने दुईतीनवटा ल्वाङ एक गिलास पानीमा उमाल्नुस् र त्यसमा मिश्री हालेर पिउनुस् । ठीक हुन्छ ।


जोर्नी दुखेको
जोर्नी दुखेको र सुन्निएको छ भने ल्वाङको तेलले मालिश गर्नुस् । पीडा र पोलेको कम हुन्छ ।

Ad

सम्बन्धित समाचारहरु

मच्छिन्द्रबहालमा  धार्मिक प्रवचन कार्यक्रम हुने, हिन्दु तथा बौद्ध गुरुहरु काे प्रवचन रहने

काठमाडौं । फागुन २१ गते देखि २८ गते सम्म हिन्दु तथा बौद्ध धर्मका गुरुहरुद्वारा एक हप्तासम्म धार्मिक प्रवचन कार्यक्रम हुने भएको छ । महाशिवरात्रीको अवसर पारेर मच्छिन्द्रनाथ मन्दिर क्षेत्र वातावरण सुधार एवम व्यवस्थापन गर्ने र विश्वमा फैलिएको कोरोनाको कारण दिवंगत भएका मनिसहरुको चिरशान्ती साथै सङ्क्रमितहरुको शिघ्रस्वस्थ लाभको कामनासहित उक्त प्रवचन कार्यक्रम गर्न लागिएको हो ।

परिवर्तनको लागि मानव समाज नेपालको नयाँ कार्यसमिति चयन

परिवर्तनको लागि मानव समाज नेपालको नयाँ कार्यसमिति चयन

काठमाडौं । परिवर्तनको लागि मानव समाज नेपाल सँस्थाले नयाँ कार्यसमिति चयन गरेको छ । उक्त सँस्थाले साधारणसभा गरेर नयाँ कार्यसमिति चयन गरेको हो । सँस्थाको नयाँ कार्यसमितिमा अध्यक्ष कृष्णहरि पुडासैनी, उपाध्यक्ष मन्जु श्रेष्ठ, महासचिव राजु कार्की, सचिव विश्वराम ढलाकोटी, कोषाध्यक्ष संगिता विश्वर्कमा (सुन्दास) रहेका छन ।

Ad

प्रतिक्रिया दिनुहोस