३५ वर्षीय श्रीमती मृत फेला, श्रीमान फरार

धनुषा । धनुषामा एक महिलाको शव फेला परेको छ। धनुषाको कमला नगरपालिका–२ माचि झिटकैयामा ३५ वर्षीय संगीतादेवी गडेरी राउतको शव फेला परेको हो । शव झिटकैयाको पश्चिमवारी टोल बस्ने खुशीलाल गडेरीकी जेठी पत्नीको भएको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ।
संगीताको हत्या गरेर फालिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। हुलाकी राजमार्गभन्दा करिब १० मिटर दक्षिण खेतमा भेटिएको संगीताको शव फेला परेपछि उनका पति खुशीलाल फरार भएका प्रहरी निरीक्षक रोकायाले जानकारी गराए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं । नेपालका कारागारमा क्षेमताभन्दा चारगुणा बढी कैदीहरु राखिने गरेको मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालकी अध्यक्ष कोकिला पुनले बताएकी छन । उक्त संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय शंकरकुमार केसीको फोटोमा माल्यार्पण गर्दै अध्यक्ष पुनले कारागारहरुमा क्षमता बढी र अव्यवस्थित तरिकाले कैदीहरु राख्ने गरेको बताएकी हुन ।
ललितपुर । गोदावरीमा महिला उद्यमशिलता विकास गरिने भएको छ । नगरपालिका र गोदावरी उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा यस क्षेत्रका महिलालाई अघि बढाएर समृद्ध नगरपालिका निर्माणका लागि उक्त काम गर्न लागिएको हो । चालु आर्थिक वर्षको बाँकी तीन महिना अवधिमा उद्यम गर्न इच्छुक महिला खोजेर उनीहरुको रुची अनुसारका काम गर्न प्रेरणा दिइने नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, सवल, सक्षम र समृद्ध नगरपालिका बनाउन यी तत्व पनि आवश्यक रहनाका साथै एक उद्यमीले अर्का एक सय व्यक्तिलाई रोजगार दिन सक्छ भन्ने विश्वासका साथ यस काम अघि बढाउन लागेका हौं । उद्यम गर्न चाहने महिला जस्को आर्थिक अवस्था कम्जोर छ सो का हितमा कोष समेत खडा गर्नेतर्फ ध्यान दिइने भएको महर्जनले जानकारी गराए ।