Namaste Icon
Ad
Ad

स्याङ्जाको हरिनास गैराखोलामा खुल्ला स्तरीय भलिबल प्रतियोगिता हुँदै

स्याङ्जाको हरिनास गैराखोलामा खुल्ला स्तरीय भलिबल प्रतियोगिता हुँदै

खगेन्द्र हमाल, स्याङ्जा । जिल्ला हरिनास गाउँपालिका ६ गैराखोलामा खुल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । विगतको वर्ष जस्तै यस वर्ष पनि प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि स्याङ्जाको हरिनास गाउपालिका वडा नं ६ क्याक्मी गैराखोलामा साविकको वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुनेभएको छ । यसका साथै विविध सांस्कृतिक कार्यक्रम पनि हुने किरण मानन्धरले जानकारी दिए ।

भलिबल खेल को उदघाटन स्याङ्जा जिल्ला हरिनास गाउ पालिका उपाध्यक्ष झनमाया पराजुलिबाट हुने भएको छ, भने समापन वडा नं ६ का जिल्ला कै कान्छा सरकार प्रमुख तथा हरिनास गाउँपालिका अध्यक्ष खिम नरायण मानन्धर बाट हुने कुरा सल्लाहकार किरण मानन्धरले जानकारी दिए ।

यहि फागुन ७ गतेदेखि सुरु हुने उक्त खेल ११ गते सम्म जारी रहने छ र टिम दर्ता ६ गतेसम्म मात्र हुने उनले जानकारी दिए। प्रथम ,द्धितिय,र तृतीय हुने खेलाडीले क्रमशः ४०ु०००, २५०००, १५००० साथमा सिल मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । जिल्ला भन्दा बाहिर बाट आउने खेलाडी को लागि खाने बस्ने को व्यवस्था रहेको छ । भलिबल खेलाडीले आफ्नो साथमा नागरिता वा जन्म दर्ताको को प्रमाणपत्र हुनुपर्ने र इन्टर फ्रि ४००० रहेको मानन्धरले जानकारी दिए।

Ad

सम्बन्धित समाचारहरु

नागरिक स्वस्थ बनाउन खेलकूद अनिवार्यः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको स्वस्थ जीवनका लागि खेल क्षेत्रको विकासमा जोड दिने बताएका छन । प्रदेश सरकारको तेस्रो स्थापना दिवसको पूर्वसन्ध्यामा सामाजिक विकास मन्त्रालयको आयोजना तथा कर्णाली प्रदेश खेलकूद परिषद्को संयोजनमा शुक्रबार सञ्चालित प्रदेश सरकार–११ र एन्फा–११ बीच भएको मैत्रीपूर्ण फुटबल खेलकूद कार्यक्रममा मुख्यमन्त्री शाहीले राष्ट्र तथा नागरिकको स्वास्थ्य निर्माणका लागि खेलकूद आवश्यक भएको बताए ।

तेमाल गाउपालिका अध्यक्ष कप सम्पन्न

तेमाल गाउपालिका अध्यक्ष कप सम्पन्न

काभ्रे । तेमाल गाउपालिका अध्यक्ष कप २०७७ सम्पन्न भएको छ । तेमाल गाउपालिकाद्रारा आयोजित कार्यक्रमका प्रमुख अतिथी संविधानसभा सदस्य , पुर्ब संसद् एवम नेपाली कांग्रेसका प्रतिनिधि सभाको सभापति तिर्थ लामाद्वारा पानसमा बत्ती र छ्युमी बत्ति बालेर कार्यक्रम उद्घाटन गरी रेफ्रीलाई फुटबल प्रदान गर्दै खेल शुभारम्भ गरेको कार्यक्रम संयोजकले जनाएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad