‘मल कारखाना स्थापनाका लागि छलफल भइरहेको छ’

चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार अघि बढेको बताएकी छन् । यहाँ आज बिहीवार पत्रकारसँग कुरा गर्दै उनले किसानलाई मलको समस्या नहोस् भनेर मन्त्रालयले योजना बनाएको जानकारी दिइन् ।
'धान बालीमा आवश्यक पर्ने मलका लागि अहिले नै सरकारका तर्फबाट प्रक्रिया शुरु भएको छ', उनले भनिन्, 'किसानको यो समस्या दीर्घकालीन रुपमा समाधान गर्न नेपालमा नै मल कारखाना स्थापनाका लागि छलफल भइरहेको छ ।' आगामी मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल हुने मन्त्री अर्यालले जानकारी दिइन् ।
एक प्रश्नका जवाफमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की नेत्री अर्यालले निर्वाचनको प्रक्रिया शुरु भएपछि राजनैतिक दल दर्ता प्रकिया र चिह्न हस्तान्तरण प्रक्रियासँगै आधिकारिकताको विषयको विवाद टुङ्गिने बताइन् । रासस
रुकुम । रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय उन्नत जातको अर्थात दाँते ओखरको खेतीतर्फ आकर्षित भएका हुन् । पछिल्लो समय जिल्लाका कृषकदेखि लिएर जनप्रतिनिधि र राजनीतिमा सक्रिय व्यक्तिले पनि दाँते ओखरको खेती गरिरहेका छन् । ओखर खेतीलाई उन्नतरूपमा विस्तार गर्न जिल्लामा भर्खरै टर्कीबाट १९ हजार दाँते ओखरका कलमी बिरुवा ल्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रुकुम (पूर्व), रोल्पा कार्यालयले टर्कीबाट १९ हजार ओखरको बिरुवा ल्याएको हो ।
सन्तोष दाहाल, ललितपुर। कोञ्ज्योसोम गाउँपालिकाका दलचोकी र शंखु तथा महांकाल गाउँपालिकाको बुखेलका कृषकले ५० प्रतिशत अनुदानको खेतबारी जोत्ने मिनिटिलर,वेटिङ काँटा,पानी छर्कने स्प्रे तथा विरुवा रोप्ने मेसिन प्राप्त गरेका छन्