Namaste Icon
Ad
Ad

टेक्सासमा आँधी : २१ जनाको मृत्यु

टेक्सासमा आँधी : २१ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको एक ठुलो क्षेत्रमा आएको आँधीबेहरी र चिसोको कारण अहिले सम्म २१ जनाको मृत्यु भएको छ । खराब मौसमको बारेमा राष्ट्रपति बाइडेनले पहिला नै उक्त स्थानमा आपतकालिन स्थिति घोषणा गरेका छन् । आँधीबेहरीले पावर ग्रिडहरुमा गम्भीर नोक्सानी गरेको छ जसको कारण उक्त क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ । जसको कारण मानिसहरु बीच बाटोमा नै फसेका छन् ।

राष्ट्रपति बाइडेनले यस अवस्थालाई मध्यनजर गर्दै तुरुन्त राज्यहरुमा सहयोग गर्न निर्देशन दिएका छन् । अमेरिकी राष्ट्रीय मौसम सेवा विभागको अनुसार, भीषण शीत आँधीबेहरीको कारण दक्षिणी मैदान क्षेत्रमा भारी हिमपात भएको र न्यु इंग्ल्याण्डमा पनि भारी वर्षा भइरहेको छ । त्यस्तै 'डीप साउथ' मा स्थिति निकै गम्भीर भएको छ । क्यानडा देखि मेक्सिको सम्म चिसो हावा चल्ने चेतावनी दिइएको छ ।

उत्तरी क्यारोलिनाको ब्रैंसविक काउन्टीमा मौसम निकै खराब रहेको छ । शिकागोमा ४६ सेन्टिमिटर सम्म हिउँ जमेको छ । त्यस्तै टेक्सासमा बिजुली कटौतीको कारण करिब ४० लाख मानिसको व्यवसाय प्रभावित भएको छ । टेक्सासले अस्पताल र नर्सिंग होमलाई प्राथमिकता दिने योजना बनाएको छ । राज्यमा हजार भन्दा पनि धेरै मानिसको लागि ३५ आश्रयस्थलको व्यवस्था गरिएको छ । ह्यूस्टनको एक आश्रयस्थलमा पाँच सय भन्दा धेरै मानिस राखिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

उत्तर कोरियाली सर्वाेच्च नेता किमकी पत्नी सार्वजनिक

उत्तर कोरियाली सर्वाेच्च नेता किमकी पत्नी सार्वजनिक

एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनकी पत्नी एक वर्षपछि पहिलोपटक सार्वजनिक भएको सरकारी सञ्चार माध्यमले बुधबार जनाएको छ । किमका स्वर्गीय पिता तथा उत्तर कोरियाका पुर्व नेता किम जोंग इलको जन्मदिन मनाउने क्रममा आयोजित सांगीतिक कार्यक्रममा आफ्नो पतिसँग री सोल जु सहभागी भएकी हुन् ।

भारतीय सेनामा मधेशी युवाले पनि भर्ती हुन पाउने

भारतीय सेनामा मधेशी युवाले पनि भर्ती हुन पाउने

काठमाडौं । भारतीय सेनामा मधेशी युवाहरु पनि भर्ती हुन पाउने भएका छन् । भारत सरकारको रक्षा मन्त्रालयले सन् २०२०–२१ को भारतीय सेना गोर्खा रेजिमेन्टको भर्ना छनौटमा मधेशी जिल्लाका युवाहरुलाई पनि समावेश गर्ने निर्णय गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad