Namaste Icon
Ad
Ad

चर्चित गायिका इन्दिरा प्रेममा, काे हुन प्रेमी ?

चर्चित गायिका इन्दिरा प्रेममा, काे हुन  प्रेमी ?

काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले आफू प्रेम सम्बन्धमा रहेको बताएकी छन्। सामाजिक सञ्जालमा पोष्ट गर्दै गायिका जोशीले आफूहरु २ बर्षदेखी प्रेममा रहेको उल्लेख गरेकी छन्।

उनले हात समाएको फोटो सेयर गर्दै क्याप्सनमा लेखेकी छन्, ‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन्। हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं। जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं।’ गायिका जोशी चर्चित सांगीतिक रियालिटी शो ‘नेपाल आइडलकी’ जज समेत हुन।

उनले हालसम्म आफू प्रेमसम्बन्धमा रहेको यसअघि बताएकी थिइनन्। प्रेममा रहेको खुलाएपनि प्रेमी को हुन भन्नेबारे इन्दिराले नाम भने सार्वजनिक गरेकी छैनन्। नेपाली गीत–संगीतमा इन्दिरा जोशीलाई बोल्ड एन्ड ब्युटिफुल गायिकाको रूपमा लिइने गरेको छ।

Ad

सम्बन्धित समाचारहरु

जय शिव शंकर भन्दै आए कृष्ण भण्डारी (भिडियोसहित)

जय शिव शंकर भन्दै आए कृष्ण भण्डारी (भिडियोसहित)

काठमाडौं । लोकप्रिय भजन गायक कृष्ण भण्डारीले शिवरात्रीलाई मध्यनजरगर्दै शिव भगवानको भजन सार्वजनिक गरेका छन् । शिवरात्री नजिकिंदै गर्दा भक्तजनहरुले राखेको भजनको अपेक्षा पूरा गर्न शिवजीको भजन ल्याएको गायक भण्डारीले बताए । जय शिव शंकर बोलको भजनमा स्वर, शब्द संगीत, भण्डारी आफैले दिएका छन्। भजनको एरेन्ज जोनि योन्जन तामङ्गको रहेको छ ।

प्रियंका चोपडाले खाेलिन रेस्टुरेन्ट

प्रियंका चोपडाले खाेलिन रेस्टुरेन्ट

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले न्यूयोर्कमा रेस्टुरेन्ट व्यवसाय शुरू गरेकी छन् । उनले हालै मात्र न्यूयोर्कमा रेस्टुरेन्ट घोषणा गरेकी हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस