Namaste Icon
Ad
Ad

लोक बागीना गहना होइन राष्ट्रको जीवन हो !

लोक बागीना गहना होइन राष्ट्रको जीवन हो !
ओम भण्डारी

ओम भण्डारी l अत्याचारको पहिलो बिरोध बाजा, गीत र नाचले गर्छ, कला र साहित्यले गर्छ। दुःख, सुख, हाँसो र रोदन शुरूमा यीनैले प्रकट गर्छन। मान्छेबाट सर्बस्व लुटियो भने पनि यी सम्पती मान्छेसँगै सुरक्षित हुन्छ र यीनलाई आपतमा जीवन जीउने र जोगाउने हतियारको रूपमा पनि प्रयोग गर्न सकिन्छ । अरू हतियार शत्रुले खोसे पनि यी मुर्त–अमुर्त हतियार खोस्न सक्दैन । सबै द्रब्य खोस्ला तर यो सम्पती खोस्न सक्दैन।

नेपाल एकीकरण अघि र पछि अहिले सम्म भएका सबै संघर्ष र आन्दोलनमा बागीनाकै भुमिका श्रेष्ठ छ । मनिराम गाइने, बिसे नगर्ची जस्ता बाजा बादक र गायनका युग पुरुषहरूले देखाएको बीरता र युद्ध कुसलता पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा निर्णायक भएको कुरा इतिहासमा सुनौलो अक्षरले लेखिएको छ। तर मनिराम र बीसे जस्ता अरू धेरै–धेरै चैं त्यस अघि र पछि उसै बिलाए इतिहासले लेख्दै लेखेन, देख्दै देखेन। यो त छुटेको एउटा ठुलो पाटो छ, जस्का बारेमा आउने कुनै कालखण्डमा खोजी भएछ भने त्यो हामी नेपालीका लागी बरदान हुनेछ। तर सवाल ‘बागीना’ राष्ट्रको गहना की जीवन हो ? भन्ने छ।

सो–घोषीत कुनै बादशाले ‘कला र कलाकार गहना हुन्, बाजा, गीत र नाच राष्ट्रका गहना हुन्’ भनेर भाषण गर्दा मख्ख परेर ताली बजाउने हामी सोझा मान्छेलाइ त्यतिबेला थाहा भो जब शासक र मुखियाहरूले बाजा, गीत र नाच हाम्रो कला र साहित्यलाई सोकेसमा थुनेर राख्ने अनि आफ्ना मनलाग्दी प्रयोग गर्ने गरे अनी त पत्यार लागेन तीनले भनेको कुरा। त्यसैले बाजा, गीत र नाच कसैका गहना होइनन की, मनलाग्दा झिकेर लाउने नलाग्दा थुनेर राख्ने । यो त राष्ट्रको जीवन हो, धड्कन हो, शरीरमा रक्तसंचार भैरहे झैं राष्ट्रमा सञ्चालित भइरहनु पर्छ। जीत्नेको जीवनी इतिहासले लेख्छ तर लोक बाजा, गीत र नाचले हार्नेको जीवनी पनि बोकेको हुन्छ । त्यसर्थ लोक बागीना सबैको साझा हो, यीनको योगदान स्वार्थ भन्दा कोसौं टाढा छ।

लोक बागीनालाइ कहिल्यै पनि कसैको चाकडीमा प्रयोग गर्नु, भोग विलासमा प्रयोग गर्नु उचित नहोला, घरबार र झुप्राका, गरिब किसान र मजदुर अनि संस्कृती बोकेका सोझा मान्छेले सृजना गरेका, गाएका ,बजाएका र नाचेका अनमोल सम्पती र हतियार महल र दरबारका सिमित मान्छेका विलासिताका निम्ती हुनुहुदैन । तिनलाई मनलाग्दी भोगका लागि बुझाउनु हुदैन । झन् खोलो तरेर लौरो बिर्सनेहरूबाट त साबधान रहनु पर्छ । आफ्नो झुपडीको पिठो छोडेर बिलासीहरूका घरमा तामसी र राजसी भोजको पाहुना बन्नु हुदैन।

शासकले जतिनै चिप्लो घसे पनि सोझा मान्छे र मौलिक गायन, बादन र प्रस्तुतीका निम्ती तिनीहरू अररी काँडा जस्तै हुन्, कुनै पनि बेला घोचीहाल्छ। ‘हे....बीर के आइ सिंह, कँहा गयौ जेलखाना तोडेर’ भन्ने गीत गाउदा जनकवि केशरीलाई त जेल हाल्ने शासकले, रानुदेवी जस्ता गायिकालाई कडा निगरानी गर्ने शासकले रामेश, रायन, जेबी टुहुरे, मधु गुरुङ, जीवन शर्मा लगायत चेतनाका झिल्को बोक्नेहरू अरूहरूलाई समय समयमा जेल–नेल ठोक्नु कुनै अनौठो होइन ।

जीवनभरी बहुसंख्यक गरिब दुखीका कथा र गाथा लोक कविताबाट लेखिरहने लोककवि अलिमिया जस्तो हिरा नचिन्ने यो देशको सरकारले शिता आचार्य, माइला लामा, झंकार मगर, जलजला, निर्मलाहरूलाई कहिल्यै चिन्दैन । आफ्नो देशको राष्ट्रिय गानमा त आफ्नै बाजा नसमेटनेहरूले यहा भएका हजारौं बाजाको लेखोट बनाउलान भनेर बिश्वास कहिल्यै नगर्नु । त्यसकारण लोक बागिना यिनका गहना होइनन राष्ट्रका सम्पती र राष्ट्रियता जोगाउने, बलियो बनाउने हतियार हुन् । निमुखाको सर्वस्व हो, पिडितको आँसु पुछ्ने माध्यम हो । आत्मिक प्रेम दर्साउने पुष्प थुङ्गा हो । अत्याचारको भण्डाफोर गर्ने साधन हो । जीवन जीउने साध्य हो तर कसैको पनि गहना होइन । यदि कसैले लोक बागीनालाई गहना बनाउन खोजेको छ, भने त्यसो गर्न दिनु हुदैन।

लेखक भण्डारी विगत लामो समयदेखि रेडियो थाहा सञ्चारमा कार्यरत सञ्चारकर्मी हुन ।

Ad

सम्बन्धित समाचारहरु

माझीबस्ती : यथार्थ र भ्रम

माझीबस्ती : यथार्थ र भ्रम

अहिलेका केहि दिनहरुमा निर्माणाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशन लाई जोडेर केहि मिडिया मार्फत भ्रामक समाचारहरु सम्प्रेषण भई रहेका छन् । 'श्वेताले माझी बस्तीबाट हात झिकिन्' शिर्षकका ति भ्रामक समाचारहरुसंगै माझी बस्तीका केहि ब्यक्तिहरुसंग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकिकृत बस्ती निर्माणको परियोजनालाईनै असर पर्ने खालका नकारात्मक सुचनाहरु सम्प्रेषित भईरहेका छन् ।

5G सेवाको परिक्षण तथा अध्ययन गर्ने योजनामा टेलिकम  : डिल्ली राम अधिकारी

मुलुकमा दूरसंचार सेवाको शुरुवात, विकास र विस्तारको एक शताव्दि भन्दा लामो गौरवशाली इतिहास बोकेको सँस्था वि.सं. २०६० माघ २२ गते “कम्पनी” मा रुपान्तरण भए पश्चात नेपाल टेलिकम आज आफ्नो कम्पनी स्थापनाको १७ औं वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ। यस यात्रामा शुभकामना, सहयोग र सद्भाव प्रदान गरी निरन्तर हौसला दिनु हुने नेपाल सरकारका निकायहरु, नियामक निकाय, कम्पनीका ग्राहकवर्ग, शेयरधनी, सेवा सञ्चालनमा सहयोग पुर्‍याउने आपूर्तिकर्ता लगायत विभिन्न निकायहरु तथा शुभेच्छुक महानुभावहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयात्राको अपेक्षा गर्दछु।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad