Namaste Icon
Ad
Ad

दलित भएकै कारण एडभान्स लिएर पनि फ्ल्याट भाडामा नदिने घरबेटीविरुद्ध उजुरी

दलित भएकै कारण एडभान्स लिएर पनि फ्ल्याट भाडामा नदिने  घरबेटीविरुद्ध उजुरी

काठमाडौं । दलित भएकै कारण एडभान्स लिएर पनि फ्ल्याट भाडामा नदिने काठमाडौंको धापासी हाइट घर भएका माधवराज भुसालविरुद्ध करुणा विश्वकर्माले प्रहरीमा जाहेरी दिएकी छिन् । जातीय छुवाछुत तथा भेदभाव ऐनअन्तर्गत उनले बिहीबार महानगरीय प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएकी हुन् ।

३ फागुनमा हजार रुपैयाँ एडभान्स लिइसकेकी घरधनी भुसालकी पत्नीले करुणा ‘विश्वकर्मा’ भएको थाहा पाएपछि फ्ल्याट दिन अस्वीकार गरेकी थिइन् । ‘प्रहरीमा जाहेरी दिएकी छु । अब कानुनी प्रक्रिया अगाडि बढ्छ । मसँग गरिएको जातीय विभेदको सजाय उहाँहरूले पाउनैपर्छ,’ करुणाले भनिन् ।

घरधनी भुसालले भने करुणालाई जात र थरबारे केही नसोधिएको दाबी गरे । ‘२ फागुनको दिउँसो १२ बजे एकजना अपरिचित महिलाले हामीलाई फ्ल्याट खाली छ भनेर सोधेकी थिइन्, तर हामीले तत्कालै नदिने बताएका हौँ,’ उनले भने । तर, करुणाले भने भुसालले आफ्नो आत्मसम्मानमा चोट पुर्‍याएकाले अदालतसम्मै पुग्ने बताइन् । नयाँ पत्रिकाबाट

Ad

सम्बन्धित समाचारहरु

बैठक सुरु नभई संसद् भवनबाट बाहिरिए प्रधानमन्‍त्री ओली

बैठक सुरु नभई संसद् भवनबाट बाहिरिए प्रधानमन्‍त्री ओली

काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओली संसद् भवन नयाँ बानेश्वरबाट फर्किएका छन् । आइतबारका लागि आह्वान भएको प्रतिनिधिसभाको अधिवेशनमा भाग लिन अपराह्न करिब ४ बजे संसद् भवन पुगेका ओली बैठक सुरु नभई फर्किएका हुन् । ४ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन ।

ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज

ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज

काठमाडौं । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि ओली प्रचण्डको नेकपा खारेज भएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस