Namaste Icon
Ad
Ad

दर्पणकर्मी सन्तोष दाहाल सहित बाग्मतीका पत्रकार र कलाकार सम्मानित

दर्पणकर्मी सन्तोष दाहाल सहित बाग्मतीका पत्रकार र कलाकार सम्मानित

ललितपुर । शुक्रबार परेको ७१ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस बागमती गाउँपालिका तथा वडा नं ३ भट्टेडाँडा वडा इकाई समितिको नयाँ भवन शिलान्यास गरिएको छ। कांग्रेस ललितपुरका सभापति एबम पूर्व सभासद मदन बहादुर अमात्यले दुई तले पक्की विपी स्मृति भवनको शिलान्यास गरेका हुन्। उक्त अवसरमा बागमती गाउँ पालिकाभित्र जन्मिएर पत्रकारिता र कलाकारिताको माध्यमबाट समाज रुपान्तरणमा सघाउ पुर्याउने १०/ १० जना पत्रकार र कलाकारलाई विशेष समान समेत गरिएको छ। सम्मानित हुनेहरुमा विगत ३ वर्षदेखि दर्पण दैनिकमा आबद्ध सन्तोष दाहाल, अन्नपूर्ण पोस्ट का फोटो पत्रकार अशोक दुलाल, बागमती अनलाइनका दिपेन्द्र चौलागाईं, बिगुल न्युज र ओमकार टेलिभिजनका सरोज दाहाल, राजधानी दैनिकका सविन शर्मा,सैलुङ्ग अनलाइनका प्रकाश थिङ लगायत सागर न्यौपाने, नवराज कार्की,सुदर्शन घिमिरे, माधवप्रसाद घिमिरे, नवराज संजेल रहेका छन् भने कलाकारहरुमा वर्षा सिलवाल, सम्झना खड्का, सुन्तली खड्का, सुवास महत, दिपक बजगाईं कैलाश, केशव बजगाईं,सरोज लामा, प्रकाश सापकोटा, संजय लामा, संगीता लामा, मेनुका सञ्जेल, रञ्‍जित सञ्जेल लगायत रहेका छन्।

कार्यक्रममा बोल्दै वडाध्यक्ष समेत रहेका कांग्रेस बाग्मतीका सभापति विष्णुप्रसाद तिमल्सिनाले वागमती गाँउपालिका जस्तो विकट क्षेत्रमा हुर्केर पत्रकारिता तथा कला क्षेत्रलाई योगदान दिनुका साथै गाँउपालिकाको शिर उँचो बनाएकहरुको सम्मान स्वरुप कार्यक्रम आयोजना गरिएको बताए। । कलकार र पत्रकार गाँउपालिकाका गहना भएको उनको भनाई थियो । यस्तै कांग्रेस जिल्ला सभापति एबम पूर्व सासंद मदनबहादुर अमातयले वागमती गाँउपालिकामाका कलाकार र पत्रकारलाई सम्मान गरेर आयोजकले उदारणीय काम गरेको भन्दै प्रशंशा गरेका थिए । उनले आगामी दिनहरुमा नेपाली कांग्रेसलाई राष्ट्रको अग्रणी पार्टी बनाउनका लागि सबैले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नमा समेत जोड दिएका छन्।

Ad

सम्बन्धित समाचारहरु

ललितपुरमा ३ महिने ढाका बुनाई तालिम सम्पन्न

ललितपुरमा ३ महिने ढाका बुनाई तालिम सम्पन्न

रशिला भण्डारी, ललितपुर। ललितपुर महानगरपालिका वडा नं १४ मा ३ महिने ढाका बुनाई तालिम सम्पन्न भएको छ। बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको आर्थिक सहयोग र ललितपुर महानगरपालिकाको कार्यान्वयनमा संचालित १० लाख रकमबाट तालिममा सहभागी १४ जना महिलाले बिहीबार एक समापन समारोहका बीच प्रमाणपत्र पाएका छन्।

कम्युनिस्टले देशलाई धोका दिएको भन्दै बनेपामा दर्जनौं नेता कार्यकर्ता कांग्रेस प्रवेश

काभ्रे । बनेपा नगरपालिकामा नेकपा परित्याग गरि ३५ जना नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन । नगरपालिका ३ को तिनघरेमा आयोजित एक कार्यक्रममा नव प्रवेशीहरुलाई संबिधान सभाको सदस्य तथा युवा नेता तीर्थ लामा लगायतले स्वागत गरे । कार्यक्रममा बोल्दै नेता लामाले अब देशको भविष्य कांग्रेसको जिम्मामा आएको बताए । उनले भने, ‘कांग्रेस जस्तो लोकतान्त्रि शक्तिले मात्र राष्ट्रहीतमा काम गर्छ, नेपालका युवा पक्तिंको भविष्य पनि कांग्रेसमै रहेको छ ।’

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad