Namaste Icon
Ad
Ad

‘पीके’ सिक्वेलमा रणवीर कपुर

‘पीके’ सिक्वेलमा रणवीर कपुर

मुम्बई । सन् २०१४ मा रिलिज फिल्म ‘पीके’लाई दर्शकले अत्याधिक मनपराए । अभिनेता आमिर खान र अभिनेत्री अनुष्का शर्मा अभिनित फिल्ममा विशेषतः आमिरको भूमिकालाई दर्शकले रुचाए । अहिले भने यो फिल्मको सिक्वेल बन्ने नयाँ खबर बलिउडमा छ । समाचारअनुसार फिल्मको सिक्वेलमा आमिरको स्थानमा रणवीर कपूर देखिनेछन् । यो फिल्म सकिँदाको अन्तिम दृश्यमा रणवीर कपुर देखिएका थिए । त्यहीकारण फिल्मको सिक्वेलमा रणवीरले नै बाँकी कथालाई अगाडि बढाउनेछन् ।

फिल्मका निर्माता विधु विनोद चोपडाले सिक्वेलको तयारी शुरु गरेका छन् । ‘हामी सिक्वेल बनाउनेछौं । हामीले पहिलो संस्करणको अन्त्यमा रणवीर कपूरलाई देखाएका थियौं । यो फिल्मको अगाडिको कथा लुकेको छ । यद्यपि हालसम्म अभिजात जोशी (फिल्मका लेखक) ले कथा लेखिसकेका छैनन् । जुन दिन उनले कथा लेखिसक्छन्, त्यसपछि सिक्वेलको तयारी शुरु हुन्छ ।’

यो फिल्म हिरानी–चोपडा प्रोडक्सनका फिल्महरुको हिट फिल्मको सूचीमा पर्दछ । यो जोडीले ‘मुन्नाभाई’ जस्तो हिट फिल्म दिएको थियो । फिल्म ‘पीके’मा सुशान्त सिंह राजपुत, सौरभ शुक्ला जस्ता कलाकारको अभिनय थियो । फिल्मले अन्धविश्वासमाथि प्रहार गरेको थियो । –एजेन्सी

 

Ad

सम्बन्धित समाचारहरु

जय शिव शंकर भन्दै आए कृष्ण भण्डारी (भिडियोसहित)

जय शिव शंकर भन्दै आए कृष्ण भण्डारी (भिडियोसहित)

काठमाडौं । लोकप्रिय भजन गायक कृष्ण भण्डारीले शिवरात्रीलाई मध्यनजरगर्दै शिव भगवानको भजन सार्वजनिक गरेका छन् । शिवरात्री नजिकिंदै गर्दा भक्तजनहरुले राखेको भजनको अपेक्षा पूरा गर्न शिवजीको भजन ल्याएको गायक भण्डारीले बताए । जय शिव शंकर बोलको भजनमा स्वर, शब्द संगीत, भण्डारी आफैले दिएका छन्। भजनको एरेन्ज जोनि योन्जन तामङ्गको रहेको छ ।

प्रियंका चोपडाले खाेलिन रेस्टुरेन्ट

प्रियंका चोपडाले खाेलिन रेस्टुरेन्ट

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले न्यूयोर्कमा रेस्टुरेन्ट व्यवसाय शुरू गरेकी छन् । उनले हालै मात्र न्यूयोर्कमा रेस्टुरेन्ट घोषणा गरेकी हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस