Namaste Icon
Ad
Ad

वैद्य, डाक्टर हुँदै प्रचण्ड अहिले झाँक्रीसँग हुनुहुन्छ : ओली

वैद्य, डाक्टर हुँदै प्रचण्ड अहिले झाँक्रीसँग हुनुहुन्छ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको माया लागेर आउने बताएका छन्। विराटनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘प्रचण्ड देख्दा मलाई माया लाग्छ। उहाँले पहिलो वैद्य लिनुभएको थियो। त्यसपछि डाक्टर लिनुभयो। अहिले झाँक्री लिनुभएको छ। तर, त्यसले उहाँलाई बचाउन सक्दैन।’

प्रचण्ड अब मूलधारमा नफर्किएर सक्किनुको विकल्प नभएको बताए। उनले प्रचण्ड–माधव पक्षलाई सभा कस्तो हुन्छ हेर्न विराटनगरमा हेर्न आउन आग्रह समेत गरेका छन्। ‘उहाँहरुले अस्ति अलिकति मान्छे थुपार्नुभएछ, मलाई सभा हेर्न आउनु भन्नुहुन्थ्यो’ उनले भने, ‘यहाँ हेर्नुहोस्। यहाँ मान्छे अट्दैन भनेर जनताहरु टिभीमा हेरि राख्नुभएको छ।’

केही मान्छेहरु पार्टी फुटाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन लागिरहेको बताए । उनले केही व्यक्तिहरुले पार्टी छाडेपछि सरकार र पार्टीको कामले गति लिएको बताए । सरकारले आफ्नो काम गर्न थालेपछि आत्तिएर नेपाल बन्द गरेका समेत ओलीको तर्क थियो ।

Ad

सम्बन्धित समाचारहरु

एमाले र माओवादी केन्द्र ब्युँतिए, अब के गलार्न नेताहरू ?

एमाले र माओवादी केन्द्र ब्युँतिए, अब के गलार्न नेताहरू ?

काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्र ब्युँतिएका छन् । आज सर्वोच्च अदालतको फैसलाले स्पष्ट रुपमा पुरानो अवस्थामै फर्कने गरी उल्लेख गरेपछि ब्युँतिएको हो । सर्वोच्चको फैसलामा भनिएको छ,‘निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी एकिकृत माक्र्सवादी लेनिनवादी र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नु गराउनु भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ ।’

वैद्यसँग विप्लवले राखे यस्ताे प्रस्ताव

वैद्यसँग विप्लवले राखे यस्ताे प्रस्ताव

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले नेकपा क्रान्तिकारी (माओवादी)का महासचिव मोहन वैद्य‘किरण’लाई जनमत संग्रहको प्रस्ताव राखेका छन्। शनिवार ललितपुरको कुपण्डोलमा रहेको क्रान्तिकारी माओवादीको नेवा राज्य कार्यालयमा चार रणनीतिक मोर्चाको बैठकमा विप्लवले बैद्यलाई जनमत संग्रहको प्रस्ताव राखेका हुन्।

Ad

प्रतिक्रिया दिनुहोस