Namaste Icon
Ad
Ad

ओलीको मन्तव्य पदीय गरिमा विपरीत : विश्वप्रकाश शर्मा

ओलीको मन्तव्य पदीय गरिमा विपरीत : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको विराटनगरको मन्तव्य पदीय गरिमाविपरीत भएको बताएका छन् । शनिबार ट्वीट गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीले अदालत दबाबमा नपरोस् भन्दै चर्को दबाबको अभिव्यक्ति विराटनगरको सभामा राखेको बताएका हुन् । ‘न्यायालयको फैसला स्वीकार्छौँ कहिल्यै नभन्ने र चेतावनी प्रसारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन,’ उनले ट्वीटमा लेखेका छन् ।

शनिबार नेकपा ओपी समूहद्वारा विराटनगरमा आयोजित सभामा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘सम्मानित सर्वोच्च अदालतले कुनै हिसाबले कसैको दबाबमा, कुनै अवाञ्छित, दबाबका दुष्प्रयासमा कुनै अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिँदैन । म भन्न चाहन्छु, हामी अब चुनावको तयारीमा छौँ । चुनावमा जाँदै छौँ । अब अस्थिरतातर्फ मुलुकलाई फर्कन दिने होइन । फर्काउने होइन । सम्मानित सर्वोच्च अदालतले देशभरि भइरहेका यस्ता सभाहरूलाई हेरेको होला । यस्ता सभाबाट प्रकट भएको जनताको अभिमत हेरेको होला ।’

Ad

सम्बन्धित समाचारहरु

एमाले र माओवादी केन्द्र ब्युँतिए, अब के गलार्न नेताहरू ?

एमाले र माओवादी केन्द्र ब्युँतिए, अब के गलार्न नेताहरू ?

काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्र ब्युँतिएका छन् । आज सर्वोच्च अदालतको फैसलाले स्पष्ट रुपमा पुरानो अवस्थामै फर्कने गरी उल्लेख गरेपछि ब्युँतिएको हो । सर्वोच्चको फैसलामा भनिएको छ,‘निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी एकिकृत माक्र्सवादी लेनिनवादी र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नु गराउनु भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ ।’

वैद्यसँग विप्लवले राखे यस्ताे प्रस्ताव

वैद्यसँग विप्लवले राखे यस्ताे प्रस्ताव

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले नेकपा क्रान्तिकारी (माओवादी)का महासचिव मोहन वैद्य‘किरण’लाई जनमत संग्रहको प्रस्ताव राखेका छन्। शनिवार ललितपुरको कुपण्डोलमा रहेको क्रान्तिकारी माओवादीको नेवा राज्य कार्यालयमा चार रणनीतिक मोर्चाको बैठकमा विप्लवले बैद्यलाई जनमत संग्रहको प्रस्ताव राखेका हुन्।

Ad

प्रतिक्रिया दिनुहोस