Namaste Icon
Ad
Ad

कोञ्ज्योसोम र बुखेलका कृषकले पाए ५० प्रतिशत अनुदानको कृषि सामग्री

कोञ्ज्योसोम र बुखेलका  कृषकले पाए ५० प्रतिशत अनुदानको कृषि सामग्री

सन्तोष दाहाल, ललितपुर। कोञ्ज्योसोम गाउँपालिकाका दलचोकी र शंखु तथा महांकाल गाउँपालिकाको बुखेलका कृषकले ५० प्रतिशत अनुदानको खेतबारी जोत्ने मिनिटिलर,वेटिङ काँटा,पानी छर्कने स्प्रे तथा विरुवा रोप्ने मेसिन प्राप्त गरेका छन्

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई भक्तपुर कार्यालय तथा कृषि ज्ञान केन्द्र ललितपुरबाट प्राप्त उक्त सामग्रीहरु चापागाउँमा अवस्थित रहेको उज्यालोकिरण साना किसान कृषि सहकारी संस्था संगको समन्वयमा सहकारी संस्थाले आफ्ना सदस्य कृषकहरुलाई वितरण गरेको हो।

कोञ्ज्योसोम गाउँपालिका २ शंखुमा रहेको संस्थाको सदस्य सेवा काउन्टर कार्यालयमा आयोजित कार्यक्रममा ३ वटा वडाका कृषकहरुलाई १३ वटा ७/५ हर्स पावरको मिनिटिलर,५० वटा वेटिङ्ग काँटा,१० वटा विरुवा रोप्ने मेसिन र २० वटा स्प्रे गाउँपालिका अध्यक्ष गोपीलाल सिंतान र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रतिनिधि श्रीराम लम्सालको उपस्थितिमा वितरण गरिएको हो।

वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सिंतानले साना किसानको हित र समृद्धिको लागि सहकारी संस्थामार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तथा कृषि ज्ञान केन्द्रबाट प्राप्त आधुनिक उपकरण र सामग्रीले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै धन्यवाद व्यक्त गरे। सामग्री प्राप्त गरेपछि त्यसको सही
सदुपयोग गर्न आग्रह गर्दै उनले सदुपयोग नभएको पाईए यस्ता सरकारबाट प्राप्त हुने किसानमैत्रीकार्यक्रमहरु बन्द हुनसक्ने बताए। यसैगरी कोञ्ज्योसोम गाउँपालिकाको विकास र सम्रिस्शिको अभियानमा उज्यालोकिरण साना किसानले खेलेको सकारात्मक अभियानको उनले प्रशंशा गरेका छन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रतिनिधि श्रीराम लम्सालले परम्परागत कृषि प्रणाली परिवर्तन नगरेसम्म कृषकहरु व्यवसायिक हुन सक्दैनन् र उनीहरुको आर्थिक अवस्थामा परिवर्तन र सुधार आउन सक्दैन भन्ने उद्देश्यका साथ राज्यको तीन खम्बे अर्थनीतिको प्रमुख खम्बाको रुपमा रहेको सहकारी संस्था र स्थानीय सरकार संगको समन्वयमा यस्ता किसिमका कृषि सामाग्रीहरु सरकारले अनुदानमा वितरण गरेको बताए। यस्ता सामाग्रीहरु प्राप्त गरिसकेपछि यसको महत्त्व बुझेर सदुपयोग गर्न किसानलाई सुझाव दिँदै लम्सालले यस्सको सही सदुपयोग भए नभएको जिल्ला समन्वय समितिले अनुगमन गर्ने बताए।

यसैगरी शंखुका वडाध्यक्ष ध्रुवप्रसाद घिमिरेले पनि कृषिको प्रमुख पकेट क्षेत्रको रुपमा रहेको शंखु लगायतका क्षेत्रमा यस्ता आधुनिक कृषि उपकरणहरु प्राप्त हुँदा किसानहरुको परम्परागत कृषि प्रणाली र आर्थिक अवस्थामा सुधार आई व्यवसायिकतातर्फ अगाडी बढ्न सघाउ पुग्ने विश्वास व्यक्त गरे। उनले भने,'यी सामाग्रीहरुको प्रयोग पश्चात किसानहरुको उत्पादन वृद्धि भएको व्यावहारमा देखिनु पर्दछ। त्यसो भए मात्र राज्यले लगानी गरेको उपलब्धि देख्न सकिन्छ।' साथै उनले यसै आर्थिक वर्षमा शंखुका किसानलाई गाउँपालिकाले अनुदानमा भैंसी वितरण गरेको र त्यसको भोलिपल्ट साविक भन्दा ५०० लिटर दुध शंखुमा थप उत्पादन भएको बताउंदै यस्तै प्रगति व्यवहारमा देखिनुपर्नेमा जोड दिएका छन्।

साथै उक्त अवसरमा ८ जना सहकारीका शेयर सदस्य कृषकलाई उनीहरुको मागको आधारमा प्रदेश सरकार बाट प्राप्त ३ प्रतिशत सहुलियत ब्याजको ३ लाख सम्मको कर्जा वितरण गरिएको थियो भने केही समय अघि आगलागीपीडित बनेकी संस्थाकी सदस्य प्रतिमा घिमिरेलाई सदस्य सहयोग कार्यक्रम अन्तर्गत १ लाख रुपयाँको राहत चेक हस्तान्तरण गरिएको थियो।

यसैगरी थप कृषि सामग्री आवश्यक पर्ने सदस्यहरुको लागि आगामी फागुन १०, ११ र १२ गते दलचोकी, शंखु र चौघरेका किसानलाई माग संकलन तथा क्षमता विकास तालिम राखिएको सहकारी संस्थाका अध्यक्ष बद्रीप्रसाद घिमिरेले जानकारी दिएका छन्।साथै उक्त कार्यक्रममा सहकारी संस्थाका प्रबन्धक उमेश घिमिरेले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको अर्धवार्षिक प्रगति समीक्षा समेत प्रस्तुत गरेका थिए। 

Ad

सम्बन्धित समाचारहरु

‘मल कारखाना स्थापनाका लागि छलफल भइरहेको छ’

‘मल कारखाना स्थापनाका लागि छलफल भइरहेको छ’

चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार अघि बढेको बताएकी छन् । यहाँ आज बिहीवार पत्रकारसँग कुरा गर्दै उनले किसानलाई मलको समस्या नहोस् भनेर मन्त्रालयले योजना बनाएको जानकारी दिइन् ।

सम्झनाका सदस्यलाई तरकारीको बीउ र कृषि औजार सामग्री वितरण

सन्तोष दाहाल, ललितपुर। चापागाउँमा अवस्थित सम्झना कृषि सहकारी संस्था लिमिटेडले आफ्ना विभिन्न केन्द्र र समूहमा आबद्ध शेयर सदस्यहरुलाई तरकारीको बीउ तथा अनुदानको कृषि औजार सामग्री वितरण गरेको छ। शुक्रबार कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख कृष्णभद्र अधिकारीको उपस्थितिमाआयोजित एक कार्यक्रमका बीच उक्त सामग्री तथा बीउबिजन वितरण गरिएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad