खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

रशिला भण्डारी, दोलखा। जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं ६ मा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। २७ वर्षीय हिमाल थामीले २२ वर्षीय श्रीमती सुनिता थामीको गयराती २ बजेतिर सुतिरहेकै समयमा खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
श्रीमतीको हत्या गरी फरार रहेका थामीलाई जिल्लाको सुनखानीबाट प्रहरीले नियन्त्रणमा लिएको छ। घटना भएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय चरिकोटको टोली घटनास्थल पुगेको थियो। मृतक सुनिताको १३ महिनाको नाबालक छोरा रहेका छन्।
रशिला भण्डारी, ललितपुर। ललितपुर महानगरपालिका वडा नं १४ मा ३ महिने ढाका बुनाई तालिम सम्पन्न भएको छ। बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको आर्थिक सहयोग र ललितपुर महानगरपालिकाको कार्यान्वयनमा संचालित १० लाख रकमबाट तालिममा सहभागी १४ जना महिलाले बिहीबार एक समापन समारोहका बीच प्रमाणपत्र पाएका छन्।
काभ्रे । बनेपा नगरपालिकामा नेकपा परित्याग गरि ३५ जना नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन । नगरपालिका ३ को तिनघरेमा आयोजित एक कार्यक्रममा नव प्रवेशीहरुलाई संबिधान सभाको सदस्य तथा युवा नेता तीर्थ लामा लगायतले स्वागत गरे । कार्यक्रममा बोल्दै नेता लामाले अब देशको भविष्य कांग्रेसको जिम्मामा आएको बताए । उनले भने, ‘कांग्रेस जस्तो लोकतान्त्रि शक्तिले मात्र राष्ट्रहीतमा काम गर्छ, नेपालका युवा पक्तिंको भविष्य पनि कांग्रेसमै रहेको छ ।’