प्रदेश १ - प्रदेशसभामा पेस भयो मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेस भएको छ। मुख्यमन्त्री राईपक्षले बहिष्कार गरेपछि ढिलो गरी सुरु भएको प्रदेश सभा बैठकमा सभामुखले अनुमति दिएपछि अविश्वासको प्रस्तावका प्रस्तावक सांसद इन्द्रबहादुर आङ्बोले प्रस्ताव पेस गरेका हुन्।
नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई साथ दिएको, पार्टी विरोधी गतिविधि गरेको लगायतका आरोप लगाउँदै गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध ३७ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। जसमध्ये ४ सांसदले हस्ताक्षर फिर्ता लिएका छन्। प्रचण्ड–नेपाल समूहले भने केही सांसद हस्ताक्षरका बेला छुटेको भन्दै आफूहरु बहुमतमा रहेको दावी गर्दै आएको छ।
आइतबार प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस गर्दै सांसद आङ्बोले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई हेर्ने दृष्टिकोणमा फरक रहेको र मुख्यमन्त्रीले प्रधानमन्त्रीको कदमलाई अग्रगामी भनेका कारण आफूहरुले अविश्वासको प्रस्ताव पेस गरेको बताए। उनले प्रदेश सभामा आएर अविश्वासको प्रस्ताव ‘फेस’ गर्न मुख्यमन्त्री राईलाई आग्रह समेत गरे।
प्रदेश सभाको अर्को बैठक फागुन २० गते बिहीबार दिनको १ बजेसम्मका लागि बोलाइएको छ।
काठमाडौँ। राजसंस्था पुन:स्थापनाको लागि शाही युवा शक्ति नेपालले काठमाडौँमा बिशाल आमसभाको आयोजना गरेको छ।
काठमाडौं । हुन नसकेको चुनावको तयारीका लागि निर्वाचन आयोगले हालसम्म ८ करोड हाराहारी खर्च गरेको छ । प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभा भङ्ग गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव घोषणा गरेपछि आयोगले तयारी थालेको थियो । आयोगले जिल्ला कार्यालयहरुलाई विभिन्न शीर्षकमा ४ करोड १७ लाख ९० हजार रुपैयाँ पठाइको छ भने सोही हाराहारीमा केन्द्रीय कार्यालयले खर्च गरेको हो ।