सात महिनामा ३१ अर्बको चामल आयात

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा ३० अर्ब ७० करोड ७४ लाख ३५ हजार रुपैयाँको चामल आयात भएको छ । गतवर्षको तुलनामा यो ११ अर्ब ५२ करोड २४ लाख ९६ हजार रुपैयाँ बढी हो । गतवर्ष सोही अवधिमा १९ अर्ब ५ करोड ४९ लाख ३९ हजार रुपैयाँको चामल आयात भएको थियो । सरकारले कृषि क्षेत्रमा आत्मानिर्भर भइरहेका बताए पनि खाद्यन्न आयात घट्नुका सट्ट बढने क्रम रहेको तथ्याकंले देखाएको छ । चालु आबमा मुलुकभर ५९ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यो अहिले सम्मकै धेरै धान उत्पादन हो । अहिलेको अवस्थालाई हेर्दा चालु आर्थिक वर्षमा चामलको आयात मात्र करिब ५० अर्बको हुने आकलन गरिएको छ ।
कृषि तथा पुशपन्छि विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले पछिल्लो समय स्वदेशमा धान उत्पादन बढी हुँदा पनि चामल आयात बढ्नुमा भात खाने चलन एवं भारतीय व्यापारीले सिमा क्षेत्रका किसानबाट धान काट्नु भन्दा पहिले नै खेतबाटै धान खरिद गर्नु जस्ता कारण रहेका बताएका छन । नेपालीहरुले खाने बानीमा परिवर्तन ल्याउने हो भने स्वदेशमा उत्पादन भएको खाद्यन्नले खान पुग्ने सरकारकारी अधिकारीको भनाई छ ।
नेपालीलाई खानको लागि स्वदेशमा नै प्रप्यात खाद्यन्न उत्पादन हुन्छ । वार्षिक ९२ देखि ९६ लाख मेट्रिक टन खाद्यन्न नेपालीको आवश्यकतामा रहेको छ । आवश्यकता भन्दा धेरै १ करोड ४ लाख मेट्रिक टन खाद्यन्न उत्पादन भएको पनि तथ्यांकले देखाएको छ । नेपालमा खाद्यन्न उत्पादन नभएको नभई खानामा भात मात्र खाने बानीका कारण चामलको आयात धेरै भएको सरकारको भनाई छ । खाने बानीमा परिर्वतन ल्याएर स्वदेशमा उत्पादन भएको गहुँ, जौँ, कोदो, फापर लगायतका खाद्यन्न खाने हो भने खाद्यन्न आयात गर्नु नपर्ने उनिहरुको तर्क छ ।
काठमाडौ । एन आई सी एशिया बैंकले ल्याएको सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत घातक रोगको उपचार वापत १० लाखको बिमा रकम भुक्तानी गरेको छ । बैंकको तिनचुली शाखामा सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ ा खोलेका गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेल निवासी ५७ वर्षिय केदार कुमार उदासलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरेको हो ।