Namaste Icon
Ad
Ad

दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर आउँदै प्रधानमन्त्री

दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर आउँदै प्रधानमन्त्री

कञ्चनपुर । सोमवार प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न सुदूरपश्चिम आउने भएका छन्। २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा दैजी छेला औद्योगिक क्षेत्रको थालनी गर्नका लागि बजेट विनियोजन गरिएको थियो। पछि डिभिजन वन कार्यालय महेन्द्रनगरले दैजी औद्योगिक क्षेत्रसँग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोडिएको, सालको पुनर्उत्पादित क्षेत्र र जङ्गली जनावरको हिँडडुल गर्ने बाटो भएको भन्दै उक्त क्षेत्रमा उद्योग स्थापना गर्न नसकिने जनाएपछि उक्त औद्योगिक क्षेत्रको काम अलपत्र परेको थियो।

उक्त औद्योगिक क्षेत्र स्थापनाका लागि पटकपटक पहल हुँदै आए पनि चालू आर्थिक वर्षमा वन मन्त्रालयबाट ई आइए स्वीकृति भएर काम सुरु हुन लागेको बेदकोट नगरपालिकाका मेयर अशोक चन्दले जानकारी दिए। सोही औद्योगिक क्षेत्रको शिलान्यासका लागि प्रधानमन्त्री सुदूरपश्चिम आउन लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिएका छन्। आइतबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री भट्टले प्रधानमन्त्री आउने विषयमा जानकारी गराएका हुन्।

Ad

सम्बन्धित समाचारहरु

बैठक सुरु नभई संसद् भवनबाट बाहिरिए प्रधानमन्‍त्री ओली

बैठक सुरु नभई संसद् भवनबाट बाहिरिए प्रधानमन्‍त्री ओली

काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओली संसद् भवन नयाँ बानेश्वरबाट फर्किएका छन् । आइतबारका लागि आह्वान भएको प्रतिनिधिसभाको अधिवेशनमा भाग लिन अपराह्न करिब ४ बजे संसद् भवन पुगेका ओली बैठक सुरु नभई फर्किएका हुन् । ४ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन ।

ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज

ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज

काठमाडौं । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि ओली प्रचण्डको नेकपा खारेज भएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस