Namaste Icon
Ad
Ad

ओली समूहको केन्द्रिय सदश्य पद अस्वीकार गरेका यादव बस्नेत दाहाल–नेपाल समुहको जिल्ला सचिवमा मनोनित

ओली समूहको केन्द्रिय सदश्य पद अस्वीकार गरेका यादव बस्नेत दाहाल–नेपाल समुहको जिल्ला सचिवमा मनोनित

गोरखा । विगत लामो समयदेखि कम्युनिष्ट राजनीतिमा क्रियाशील गोरखाका नेता यादव बस्नेतलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले गोरखा जिल्लाको सचिवमा मनोनित गरेको छ । नेकपा केन्द्रिय कमिटीले उनलाई सचिवमा मनोनित गरेको हो । यस अघि नेकपा एकीकरण हुँदा कार्यालय सदस्यको जिम्मेवारी पाएका यादवले जिल्ला कमिटी सचिवको जिम्मेवारी पाएका हुन । सचिवको जिम्मेवारी पाएका यादवले आफुलाई पार्टीले न्याय गरेर दिएको पदको सम्मान गर्नुका साथै जिम्मेवारी पूर्वक कार्यभार सम्हाल्ने बताए ।

उनी पूर्व एमाले हुन । यसअघि नेकपाको जिल्ला कार्यालय सदस्य रहेका बस्नेतलाई ओली र बामदेव गौतमले आ–आफ्नो समुहको केन्द्रिय सदस्य समेत बनाएका थिए । तर बस्नेतले दुवै समुहको केन्द्रिय सदस्य अस्विकार गर्दै प्रचण्ड–माधव समुहको जिल्ला सचिव बनेका छन् ।


गोरखामा अध्यक्षको जिम्मा भने लेखबहादुर थापाले पाएका छन् । थापा पूर्व नेकपा माओेवादीको अध्यक्ष हुदै यसअघिको नेकपाका समेत अध्यक्ष थिए । प्रचण्ड–माधव, ओली अलग भएपछि समेत जिल्ला अध्यक्षको जिम्मेवारी थापालाइ नै दिइएको छ । उनि हाल गण्डकी प्रदेश सरकारको भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री समेत छन् ।

Ad

सम्बन्धित समाचारहरु

राजसंस्था पुन:स्थापनाको लागि बिशाल आमसभाको आयोजना

राजसंस्था पुन:स्थापनाको लागि बिशाल आमसभाको आयोजना

काठमाडौँ। राजसंस्था पुन:स्थापनाको लागि शाही युवा शक्ति नेपालले काठमाडौँमा बिशाल आमसभाको आयोजना गरेको छ।

चुनाव तयारीका लागि निर्वाचन आयोगको ८ करोड खर्चपछि संसद पुनर्स्थापना

काठमाडौं । हुन नसकेको चुनावको तयारीका लागि निर्वाचन आयोगले हालसम्म ८ करोड हाराहारी खर्च गरेको छ । प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभा भङ्ग गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव घोषणा गरेपछि आयोगले तयारी थालेको थियो । आयोगले जिल्ला कार्यालयहरुलाई विभिन्न शीर्षकमा ४ करोड १७ लाख ९० हजार रुपैयाँ पठाइको छ भने सोही हाराहारीमा केन्द्रीय कार्यालयले खर्च गरेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad