प्रधानन्यायाधीश र प्रधानसेनापति भेट

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमबार एक घण्टा भेटवार्ता भएको छ । सर्वाेच्च अदालत परिसरमा सोमबार दिउँसो १ बजेबाट जबरा र थापाबीच भेटघाट भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी दिए । प्रधानन्यायाधीश र प्रधानसेनापति बीच सर्वाेच्च अदालत पछाडि सेनाको क्याभलरी रहेको जग्गा सर्वाेच्चका नाममा नामसारी भएको तर खाली नभएकोबारे छलफल गर्न दुवैबीच भेट भएको हो । सर्वोच्चले आफ्नो भवन बनाउनका लागि सो जग्गामा टेन्डर समेत आव्हान गरिसकेको छ । तर, जग्गामा सेनाको भवन रहेको छ ।
‘दुवैबीच सर्वाेच्च अदालतलाई प्राप्त भइसकेको जग्गामा रहेका नेपाली सेनाका क्याभलरी लगायतका संरचना हटाउनेबारे छलफल भएको छ’, सर्वोच्च अदालत स्रोतले भन्यो, ‘सर्वाेच्च अदालतले संरचना निर्माणका लागि टेन्डर भइसक्दा पनि सेनाले संरचना नहटाएकाले प्रधानसेनापतिलाई बोलाएर प्रधानन्यायाधीशले छलफल गर्नुभएको हो ।’ भवन निर्माणका लागि प्रक्रिया अगाडि बढेकाले संरचना हटाएर सहयोग गर्न प्रधानन्यायाधीशले प्रधानसेनापतिलाई निर्देशन समेत दिएका छन् । अवहेलना मुद्दाको जवाफ दिन गएका बेला प्रधानमन्त्री केपी ओलीले सर्वाेच्च अदालत परिसरको निरीक्षणसमेत गरेका थिए । अदालतको परिसर साँघुरो भएको भन्दै सर्वोच्चले सेनाको क्याभलरीको जग्गा प्रक्रियागत रुपमा नै आफ्नो नाममा नामसारी गर्नका लागि पहल गरिरहेको थियो ।
काठमाडौं । पशुपतिनाथ मन्दिरमा एक अर्ब आठ करोड रुपैयाँको सुनको जलहरी राखिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको क्षमापूजा गरेपछि जलहरी राखिएको हो पशुपतिनाथ मन्दिरको मुख्य शिवलिंगमा रहेको जलहरी जीर्णोद्धार जारी रहँदा राष्ट्रपति भण्डारी क्षमापूजाका लागि बुधबार पशुपति पुगेकी थिईन् । राष्ट्रपतिले क्षमापूजा गरेपछि सुनको जलहरी राखिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदिप ढकालले जानकारी दिए ।
विराटनगर । मोरङको उर्लाबारी-५ का प्रवीण बास्तोलाको मृत्यु प्रकरणमा उनको हत्या भएको प्रहरीले दावी गरेको छ। उक्त घटनाको निष्पक्ष छानबिन गरी अनुसन्धान गरिरहेको र कुनैपनि हालतमा दोषीलाई कानुनी दायरामा ल्याइने मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले बताए।