Namaste Icon
Ad
Ad

हेलिकोप्टर चार्टर गरेर जन्त

हेलिकोप्टर चार्टर गरेर जन्त

काठमाडौँ। आइतबार सिरहाको अर्नामा गाउँपालिका–२ ब्रह्मपुरीको मसुरोको खेतमा हेलिकोप्टर अवतरण हुँदा छिमेकी गाउँसम्मका मानिसको भीड लाग्यो। यहाँ कुनै राजनीतिक कार्यक्रमका लागि नेता ओर्लिएका थिएनन्। यसै गाउँपालिकाको वडा नम्बर ४ लट्टाटोलबाट दुलाहा दिनेश यादव विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेर आएका थिए।

भीड दुलाहा हेर्न नभई हेलिकोप्टर हेर्न जम्मा भएको थियो। उत्साहित स्थानीयले लहलहाउँदो मसुरोको परवाहै नगरी हेलिकोप्टर अवतरणको अनुमति दिए। आइतबार दुलाहा दिनेशसहित बेहुला पक्षका पाँचजना चढेको हेलिकोप्टर मसुरोको खेतमा अवतरण भयो र सोही दिन राति दिनेशसँग ब्रह्मपुरीकी सपना यादव वैवाहिक जीवनमा बाँधिइन्। वैवाहिक कार्यक्रम सम्पन्न भएपछि दिनेशले दुलही सपनालाई सोमबार दिउँसो ४ बजे कैलाश हेलिकोप्टर सर्भिसेजकै हेलिकोप्टर चढाएर लट्टाटोल लगेका हुन्।

अर्नामा गाउँपालिकामा हेलिकोप्टर चार्टर गर्ने दिनेश पहिलो व्यक्ति हुन्। दुलाहा दिनेश र उनका बुवा रामविलाससहित पाँचजना जन्ती हेलिकोप्टरमा आएका थिए। पेसाले किसान रामविलासका एक्ला छोरा हुन् दिनेश। उनी पेसाले मेडिकल प्रतिनिधि हुन्। आजको नागरिक दैनिकमा समाचार छ।

Ad

सम्बन्धित समाचारहरु

ललितपुरमा ३ महिने ढाका बुनाई तालिम सम्पन्न

ललितपुरमा ३ महिने ढाका बुनाई तालिम सम्पन्न

रशिला भण्डारी, ललितपुर। ललितपुर महानगरपालिका वडा नं १४ मा ३ महिने ढाका बुनाई तालिम सम्पन्न भएको छ। बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको आर्थिक सहयोग र ललितपुर महानगरपालिकाको कार्यान्वयनमा संचालित १० लाख रकमबाट तालिममा सहभागी १४ जना महिलाले बिहीबार एक समापन समारोहका बीच प्रमाणपत्र पाएका छन्।

कम्युनिस्टले देशलाई धोका दिएको भन्दै बनेपामा दर्जनौं नेता कार्यकर्ता कांग्रेस प्रवेश

काभ्रे । बनेपा नगरपालिकामा नेकपा परित्याग गरि ३५ जना नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन । नगरपालिका ३ को तिनघरेमा आयोजित एक कार्यक्रममा नव प्रवेशीहरुलाई संबिधान सभाको सदस्य तथा युवा नेता तीर्थ लामा लगायतले स्वागत गरे । कार्यक्रममा बोल्दै नेता लामाले अब देशको भविष्य कांग्रेसको जिम्मामा आएको बताए । उनले भने, ‘कांग्रेस जस्तो लोकतान्त्रि शक्तिले मात्र राष्ट्रहीतमा काम गर्छ, नेपालका युवा पक्तिंको भविष्य पनि कांग्रेसमै रहेको छ ।’

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad