Namaste Icon
Ad
Ad

दयाहाङ र नम्रता अभिनीत लघु चलचित्र ‘वरदान’ को छायांकन सकियाे

दयाहाङ  र नम्रता अभिनीत लघु चलचित्र ‘वरदान’ को छायांकन सकियाे

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत लघु चलचित्र ‘वरदान’ को छायांकन सकिएको छ दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा लामो समयपछि दयाहाङ र नम्रताले सँगै अभिनय गरेका हुन् । चलचित्रमा मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय उठाइएको निर्माण पक्षले जनाएको छ । समाजको विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य एक नारीको कथालाई चलचित्रमा उठान गरिएको छ । चलचित्रमा अभिनेत्री नम्रताको मुख्य भूमिका रहेको छ । चलचित्र कोशिस नेपालले निर्माण गरेको हो ।


निर्देशक दीपेन्द्रले कोरोनाका कारण लगाइएको बन्दाबन्दीपछि मानसिक स्वास्थ्यबारे बहस बढेकाले त्यस विषयमा केन्द्रित रहेर चलचित्र बनाएको बताए । उनले भने, ‘डिप्रेसनमा गएकाले आत्महत्याको बाटो रोज्ने सम्भावना धेरै रहन्छ, तर हामीले बेलैमा सही सल्लाह लिन वा दिनसक्यौं भने उनीहरुलाई बचाउन सक्छौं । यसबाट उठेर अरुलाई समेत प्रेरणा दिँदै सकारात्मक जीवन बाँचिरहेकी हुनाले नम्रतालाई नै मुख्य भूमिकामा छनोट गरिएको हो ।’


अभिनेत्री नम्रताले चलचित्रको कथावस्तु मन परेर आफूले अभिनय गरेको बताइन् । उनले भनिन्, ‘मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका विषयमा मैले विभिन्न मञ्चमा बोल्दै आएको छु । यो फिल्मले यस विषयमा सशक्त सन्देश दिन्छ भन्ने विश्वास लिएको छु ।’ करिब २० मिनेट लामो यो चलचित्रमा दयाहाङ र नम्रतासँगै जयनन्द लामा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, प्रवीण खतिवडा, शारदा गिरी, सुनिता श्रेष्ठ, कृष्णभक्त महर्जन लगायतको अभिनय छ । शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको यो चलचित्र केही समयपछि सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

 

Ad

सम्बन्धित समाचारहरु

'टिकटक क्विन: सुपरम्यान'मा पल र गरिमाको रोमान्स (भिडियो )

'टिकटक क्विन: सुपरम्यान'मा पल र गरिमाको रोमान्स (भिडियो )

काठमाडौँ । गायिका रचना रिमाल र गायक कृष्ण ढकालको युगल गायनमा समावेश 'टिकटक क्विन: सुपरम्यान' शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा शब्द, संगीत तिलक बस्नेत रहेको छ। यस गीतलाई रमेश सिन्चुरीले संगीत संयोजन गरेका हुन्।

केटीको चित्र बनाउन माहिर शिशिर योगी कसरी बने गायक ?

केटीको चित्र बनाउन माहिर शिशिर योगी कसरी बने गायक ?

केशर विश्वकर्मा, काठमाडौं । गायक शिशिर योगीको 'यादमा' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो केही दिन अगाडिमात्रै 'शिशिर योगी' नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको हो । २०२७ सालमा दाङ जिल्लामा जन्मेर २०४८ सालदेखि निरन्तर साङ्गीतिक यात्रामा लागेका योगीले हालसम्म साँढे ३ सयभन्दा बढी गीत गाएका छ्न । उनी भन्छन 'अफर आएका जति सबै गीत गाउने हो भने पाँच सात हजारभन्दा बढी गाउँथे होला । तर मैले छनोट गरेरमात्रै गाउने गरेको हुनाले धेरै कम गीत गाएको छु ।' चित्र बनाउन माहिर गायक शिशिर योगी स्कुले जीवनमा आफूलाई मन परेको केटीहरुको चित्र बनाएर ती केटीलाई दिदाँको क्षण पनि सम्झन्छन् । उनी भन्छन् 'यदि म गायक नभएको भए चित्रकार बन्ने थिएँ ।'

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad