गोकुल बाँस्कोटाको धम्कीपूर्ण अभिव्यक्ति प्रति मेयर उपमेयर मौन बस्नु ठिक होइन : बेल लामा

काभ्रे । नेपाली कांग्रेस काभ्रे क्षेत्र न ४ का उपसभापति वेल लामाले पाँचखाल नगरपालिकाका मेयर उप मेयरले देखाएको मौनताबारे अपत्ति जनाएका छन । नेपाली कांग्रेस मन्डनदेउपुर वडा नं १२ द्वारा आयोजित बृहत सभा एवम् पार्टी प्रवेश कार्यक्रममा उनले सो कुरा बताएका हुन । केहि दिन अगाडि पाँचखालमा आयोजित एक सभामा नेकपाका नेता तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाले मेयर उपमेयर प्रति गरेको टिप्पणी खेदजनक रहेको बताउदै वेल लामाले त्यसको प्रतिकार गर्नुपर्ने ठाँउमा मेयर र उपमेयर नै चुपचाप लागेको भन्दै आपत्ति जनाएका हुन । उनले भने, ‘विपक्षीले नचाहिने तर्क गर्दा पनि मेयर उपमेयर मौन बस्नु रहस्यमय छ । पूर्व मन्त्री बाँस्कोटाको अभिव्यक्ति को खण्डन गर्न नसक्नु मेयर तथा उपमेयरको कमजोरी हो ।’ नेतृत्वमा बसेका मान्छेको यस्तो लाचारीपन तथा मौनता ले विपक्षीको मनोवल बढेको र नेपाली कांग्रेसलाई समेत असर परेको लामाले बताए ।
बृहत सभा एवम् पार्टी प्रवेश कार्यक्रममा झण्डै २ सय नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेको नेविसंघका नेता प्रेम थोकरले बताए । थोकरका अनुसार उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदश्य शिव प्रसाद हुमागाँई, पूर्व अर्थराज्य मन्त्री उदयशमशेर राणा, पूर्व सांसद तथा प्रभावशाली नेता तिर्थ लामा, काभ्रे क्षेत्र न ४ का उपसभापति वेल लामा, तरुण विभाग वागमती प्रदेश उप–संयोजक तथा तरुण दल काभ्रेका अध्यक्ष दावा लामा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
रशिला भण्डारी, ललितपुर। ललितपुर महानगरपालिका वडा नं १४ मा ३ महिने ढाका बुनाई तालिम सम्पन्न भएको छ। बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको आर्थिक सहयोग र ललितपुर महानगरपालिकाको कार्यान्वयनमा संचालित १० लाख रकमबाट तालिममा सहभागी १४ जना महिलाले बिहीबार एक समापन समारोहका बीच प्रमाणपत्र पाएका छन्।
काभ्रे । बनेपा नगरपालिकामा नेकपा परित्याग गरि ३५ जना नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन । नगरपालिका ३ को तिनघरेमा आयोजित एक कार्यक्रममा नव प्रवेशीहरुलाई संबिधान सभाको सदस्य तथा युवा नेता तीर्थ लामा लगायतले स्वागत गरे । कार्यक्रममा बोल्दै नेता लामाले अब देशको भविष्य कांग्रेसको जिम्मामा आएको बताए । उनले भने, ‘कांग्रेस जस्तो लोकतान्त्रि शक्तिले मात्र राष्ट्रहीतमा काम गर्छ, नेपालका युवा पक्तिंको भविष्य पनि कांग्रेसमै रहेको छ ।’