Namaste Icon
Ad
Ad

संसद पुनर्स्थापनाले मुलुकमा न्याय नमरेको प्रमाणित भयो : नेता रिजाल

संसद पुनर्स्थापनाले मुलुकमा न्याय नमरेको प्रमाणित भयो : नेता रिजाल

काठमाडौं । नेकपाका युवा नेता तथा नेकपा केन्द्रीय संघर्ष समिति सदस्य रामप्रसाद रिजालले संसद पुनर्स्थापनाले मुलुकमा न्याय नमरेको प्रमाणित गरेको बताएका छन । सर्वोचच अदालतले संसद पुर्नस्थापना गर्ने आदेश दिए लगत्तै प्रतिक्रिया दिंदै नेता रिजालले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई सर्वोच्चले खारेज गरे संगै सत्य को जित भएको बताएका हुन । उनले भने, ‘न्यायको जीत भएको छ, अदालत प्रति जनताको विश्वास र भरोसा कायम भएको छ । सम्माननीय प्रधानन्याधीस चोलेन्द्र शमशेर राणा ज्यू र अन्य संवैधानिक इजलासमा बसेर बहस गरी न्याय दिलाउने न्यायमूर्ति न्याधीसहरु र संसद पुनर्स्थापनाको पक्षमा वकालत गर्नै वकिलहरु प्रतिको सम्मान विश्वास भरोसा कायम भएकोले कानून र विधिको जीत गराउने न्याय मूर्तिहरु जसले संविधानको हत्या हुनबाट जोगाए सबैलाई मेरो हृदयबाट सम्मान तथा आभार प्रकट गर्दछु ।’

नेता रिजालले ओलीको असंवैधानिक कदमको विरूद्ध लाग्ने तमाम सबै पार्टीका नेता कार्यकर्ता, जनसमुदाय, नागरिक समाज, पूर्व प्रधानन्याधीसहरु, पत्रकार जगत सम्पूर्ण पेशाकर्मी लगाएत सम्पूर्णलाई धन्यवाद दिएका छन ।

उनले भने, ‘मैल पटक पटक संसद पुनर्स्थापना हूनु पर्छ, भनेर ओलीको असंवैधानिक कदमको विरोध तथा प्रतिकार गरेको थिए । संचार माध्यममा तथा सामाजिक संजालमा ओलीका साईबर सेनाको निशानामा पनि परेको थिए । ती ओलीका हनुमान हरुले मलाई तेरो ज्यान सम्म लिन्छु सम्म भनेका थिए । ओलीका केन्द्रीय सदस्य तथा सांसद विशाल भट्टराई ले पागल समेत भनेर मलाई सन्देश पठाएका थिए, तर म अडिग रहि रहे ।’ संविधान भन्दा माथि कोहि हुनै नसक्ने जिकिर गर्दै नेता रिजालले सत्य को न्याय को कानुन को विधि को धर्म को लोकतंत्र को जीत भएकोमा आज ज्यादै हर्षित भएको बताएका छन । उनले सबै नेपालीहरुको जीत भएको तथा नेपाल राष्ट्र कै जीत भएको बताए ।

Ad

सम्बन्धित समाचारहरु

२०४७ सालको संविधान पुनः स्थापनाको विकल्प छैन : महतो

२०४७ सालको संविधान पुनः स्थापनाको विकल्प छैन : महतो

काठमाडौं । देशमा अहिले २०४७ सालको संविधान ‘नेपाल अधिराज्यको संविधान २०४७’ आवश्यक रहेको किशोरी महत्तोले बताएका छ्न । राजधानीमा पत्रकार सम्मेलन कार्यक्रम गरेर २०४७ सालको संविधान पुनः स्थापना हाम्रो अभियानका प्रमुख संयोजक रहेका महत्तोले २०७२ सालको संविधान मरिसकेको आरोप लगाउदै अब २०४७ सालको संविधान पुनः स्थापनाको विकल्प नरहेको बताएका हुन । त्यस्तै, उनले गणतन्त्रको अन्त्य भएकोले राजसँस्थाका लागि बाटो खुला भएको बताए । नेपालको संविधान २०७२ ले काम गर्न नसक्ने र अहिले २०७२ को संविधान लेख्नेहरु नै पछुताई रहेको प्रमुख संयोजक महत्तोले दाबी गरे । त्यस्तै, महत्तोले २०७२ को संविधानलाई संविधान लेख्नेले नै ब्लत्कार गरेको आरोप लगाए ।

सिंहदरबारको रत्यौली देशका आठ ठाउँमा पुग्यो : चित्रबहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताका कारण सिंहदरबारभित्रको किनबेच अहिले देशका आठ ठाउँमा पुगेको बताएका छन । नयाँ बानेश्वरको संसद भवनभित्र चल्ने रत्यौली अहिले धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर हेटौँडा, र विराटनगर पुगेको बताएका हुन । मंगलबार बुटवलमा राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले लेनिनको शब्द सापटी लिँदै संसदलाई ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो’ को संज्ञा दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad