Namaste Icon
Ad
Ad

'श्रेस्ता र पुर्जामा शंखु नै उल्लेख छ, जग्गाधनीले झुक्याएर सिफारिस लगे'

कार्यक्षेत्र बाहिरको सिफारिस आरोपबारे वडाध्यक्ष घिमिरेले दिए स्पष्टीकरण

'श्रेस्ता र पुर्जामा शंखु नै उल्लेख छ, जग्गाधनीले झुक्याएर सिफारिस लगे'

ललितपुर। आफ्नो कार्यक्षेत्र भन्दा बाहिर अर्कै वडाको घरबाटो सिफारिस गरेको भनी केही दिनअघि विवादित बनेका कोञ्ज्योसोम गाउँपालिका २ शंखुका वडाध्यक्ष ध्रुवप्रसाद घिमिरेले आफ्नो धारणा सार्वजनिक गरेका छन्।

कोञ्ज्योसोम ३ दलचोकीमा रहेको कित्ता नम्बर ४७, ४८ र ९ ‘ग’ को १३ रोपनी जग्गा गत माघ १४ मा भूमाफियाहरूले किर्ते कागज खडा गरी खरिदविक्री गरेको र उक्त जग्गाको वडा नं २ का वडाध्यक्ष ध्रुवप्रसाद घिमिरेको सिफारिसमा मालपोत कार्यालयबाट पास भएको भन्दै विवाद उत्पन्न भएको थियो। यस विषयमा वडाध्यक्ष घिमिरेले जग्गाको मालपोत श्रेस्तामा शंखु नै उल्लेख रहेको,जग्गाको जग्गाधनी प्रमाणपत्र पुर्जामा उक्त जग्गाको घरबाटो सिफारिस लिने क्रममा जग्गाधनी कृष्णप्रसाद घिमिरेले झुक्याएर सिफारिस लिएको प्रष्ट पारेका छन्।

यद्यपि सिफारिस दिने क्रममा हेरेर गर्नुपर्नेमा त्रुटी हुन गएको स्वीकार गर्दै घिमिरेले हाल उक्त जग्गालाई कोञ्ज्योसोम गाउँपालिकाको बोर्ड बैठकले रोक्का गरिसकेको एक विज्ञप्ति जारी गर्दै बताएका छन्। यस्तै क्रममा केही दिनअघि शंखुमा आयोजित एक कार्यक्रममा घिमिरेले भुलवश भएको गल्तीलाई लिएर सामाजिक संजाल लगायत केही मिडियामा बदनाम गर्ने नियतका साथ् कुप्रचार गरिएको भन्दै आपत्ति प्रकट गरेका थिए। मंगलबार जारी विज्ञप्तिमा पनि उनले सत्यतथ्य सुचना तथा समाचार प्रसारण गर्न आग्रह गरेका छन्।

Ad

सम्बन्धित समाचारहरु

कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिन्छ: अध्यक्ष पुन

काठमाडौं । नेपालका कारागारमा क्षेमताभन्दा चारगुणा बढी कैदीहरु राखिने गरेको मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालकी अध्यक्ष कोकिला पुनले बताएकी छन । उक्त संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय शंकरकुमार केसीको फोटोमा माल्यार्पण गर्दै अध्यक्ष पुनले कारागारहरुमा क्षमता बढी र अव्यवस्थित तरिकाले कैदीहरु राख्ने गरेको बताएकी हुन ।

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

ललितपुर । गोदावरीमा महिला उद्यमशिलता विकास गरिने भएको छ । नगरपालिका र गोदावरी उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा यस क्षेत्रका महिलालाई अघि बढाएर समृद्ध नगरपालिका निर्माणका लागि उक्त काम गर्न लागिएको हो । चालु आर्थिक वर्षको बाँकी तीन महिना अवधिमा उद्यम गर्न इच्छुक महिला खोजेर उनीहरुको रुची अनुसारका काम गर्न प्रेरणा दिइने नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, सवल, सक्षम र समृद्ध नगरपालिका बनाउन यी तत्व पनि आवश्यक रहनाका साथै एक उद्यमीले अर्का एक सय व्यक्तिलाई रोजगार दिन सक्छ भन्ने विश्वासका साथ यस काम अघि बढाउन लागेका हौं । उद्यम गर्न चाहने महिला जस्को आर्थिक अवस्था कम्जोर छ सो का हितमा कोष समेत खडा गर्नेतर्फ ध्यान दिइने भएको महर्जनले जानकारी गराए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad