Namaste Icon
Ad
Ad

कम्युनिस्टले देशलाई धोका दिएको भन्दै बनेपामा दर्जनौं नेता कार्यकर्ता कांग्रेस प्रवेश

कम्युनिस्टले देशलाई धोका दिएको भन्दै बनेपामा दर्जनौं नेता कार्यकर्ता कांग्रेस प्रवेश

काभ्रे । बनेपा नगरपालिकामा नेकपा परित्याग गरि ३५ जना नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन । नगरपालिका ३ को तिनघरेमा आयोजित एक कार्यक्रममा नव प्रवेशीहरुलाई संबिधान सभाको सदस्य तथा युवा नेता तीर्थ लामा लगायतले स्वागत गरे । कार्यक्रममा बोल्दै नेता लामाले अब देशको भविष्य कांग्रेसको जिम्मामा आएको बताए । उनले भने, ‘कांग्रेस जस्तो लोकतान्त्रि शक्तिले मात्र राष्ट्रहीतमा काम गर्छ, नेपालका युवा पक्तिंको भविष्य पनि कांग्रेसमै रहेको छ ।’

नेकपा सरकालले आश्वासन मात्र दिएको तर काम नगरेको आरोप नव प्रवेशीहरुको छ । कांग्रेस मात्र नेपालको एकमात्र शक्ति भएको भन्दै नवप्रेवेशीहरु ले अबको समय कांग्रेसलाई दिने उल्लेख गरे । कार्यक्रममा प्रदेश सभा उमेद्वार सुन्दरमणी आचार्य, काभ्रे तरुण दलका सभापति तथा तरुण बिभाग बाग्मती प्रदेशका उपसंयोजक दावा लामा, नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रिय सह–महामन्त्री माधब ढकाल, नेपाल जनजाती संघ काभ्रेका सभापति रोशन लामा, नेपाली कांग्रेस बनेपा नगर सचिव महेशकुमार कर्माचार्य लगायतको विशेष उपस्थिति रहेको थियो ।

 

Ad

सम्बन्धित समाचारहरु

कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिन्छ: अध्यक्ष पुन

काठमाडौं । नेपालका कारागारमा क्षेमताभन्दा चारगुणा बढी कैदीहरु राखिने गरेको मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालकी अध्यक्ष कोकिला पुनले बताएकी छन । उक्त संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय शंकरकुमार केसीको फोटोमा माल्यार्पण गर्दै अध्यक्ष पुनले कारागारहरुमा क्षमता बढी र अव्यवस्थित तरिकाले कैदीहरु राख्ने गरेको बताएकी हुन ।

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

ललितपुर । गोदावरीमा महिला उद्यमशिलता विकास गरिने भएको छ । नगरपालिका र गोदावरी उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा यस क्षेत्रका महिलालाई अघि बढाएर समृद्ध नगरपालिका निर्माणका लागि उक्त काम गर्न लागिएको हो । चालु आर्थिक वर्षको बाँकी तीन महिना अवधिमा उद्यम गर्न इच्छुक महिला खोजेर उनीहरुको रुची अनुसारका काम गर्न प्रेरणा दिइने नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, सवल, सक्षम र समृद्ध नगरपालिका बनाउन यी तत्व पनि आवश्यक रहनाका साथै एक उद्यमीले अर्का एक सय व्यक्तिलाई रोजगार दिन सक्छ भन्ने विश्वासका साथ यस काम अघि बढाउन लागेका हौं । उद्यम गर्न चाहने महिला जस्को आर्थिक अवस्था कम्जोर छ सो का हितमा कोष समेत खडा गर्नेतर्फ ध्यान दिइने भएको महर्जनले जानकारी गराए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad