Namaste Icon
Ad
Ad

आखिर उद्धवमाथि के पाप गरेकी थिईन रोजिनाले ?(भिडियो हेर्नुहोस्)

आखिर उद्धवमाथि के पाप गरेकी थिईन रोजिनाले ?(भिडियो हेर्नुहोस्)

सन्तोष दाहाल, काठमाडौँ। नेपाली मौलिक काँठे लोक दोहोरी क्षेत्रमा ख्याति कमाएको र लोकप्रिय नाम हो उद्धव कार्की। विगत करिब २ दशक देखि यस क्षेत्रमा अनवरत रुपमा सक्रिय कार्कीका मुटुको टुक्रा,कुर्ता सुरुवाल हिल,जुनतारा माझैमा, कहाँ पाउनु इन्टरनेट, नुवाकोटे कोही भन्दा कम छैन, पन्चेबाजा ठोकेर बिहे गर्छु, जुटौं भो नछुटौ जस्ता दर्जनौं गीतहरु चर्चामा छन्।

यसै क्रममा पछिल्लो समय कार्कीको आफ्नै शिवपुरी म्युजिक प्रालि मार्फत 'पापिनी' नामक नयाँ मार्मिक दोहोरी गीत डिजिटल बजारमा सार्वजनिक भएको छ। माया प्रेममा आफूले विश्वास गरेको माछेले नै घात गरेको विषयवस्तुलाई समेटिएको गीतमा उद्धब कार्की र रोजिना बस्नेतले आवाज दिएका छन्। गीतको लय संकलन कार्कीले नै गरेका हुन् भने शब्द सङ्कलन रमेश बिजीको रहेको छ।

गीतको आकर्षक म्युजिक भिडियोमा सारिका के.सी, महेन्द्र गौतम र सुदर्शन खतिवडाको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन स्मृति तिमल्सिना गुरुआमा ले गरेकी हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश धमलाले गरेका छन् ।

हेर्नुहोस भिडियो

 

Ad

सम्बन्धित समाचारहरु

मेलिनाकै हातको पानी रविलाई किन मिठो लाग्यो ?(भिडियो हेर्नुहोस)

सन्तोष दाहाल, ललितपुर। लोकप्रिय गायक रवि थापा मगर र मेलिना राइको आवाज रहेको गीत 'पानी मिठो' को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।फिल्म मोशन प्रा. लि ले पोस्ट पोस्ट प्रोडक्सन गरेको यस सुगम गीतमा टुरिष्ट जंग विकको शब्द र खेम सेन्चुरीको संगीत रहेको छ।

स्वस्तिमा खड्का र विपिन कार्कीको प्रमुख भूमिकामा ‘विवेक’ बन्ने

काठमाडौं । चलचित्र ‘लुट’ का निर्माता माधव वाग्लेले नयाँ चलचित्र ‘विवेक’ बनाउने घोषणा गरेका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहने यो चलचित्र प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने जनाइएको छ । चलचित्रका लागि अभिनेता विपिन र अभिनेत्री स्वस्तिमाले काम गर्ने पक्कापक्की भएको निर्माण पक्षले जनाएको छ । निर्माता वाग्लेका अनुसार चलचित्रका अन्य पात्र अडिसनबाट छानिने छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad