Namaste Icon
Ad
Ad

राजसंस्था पुन:स्थापनाको लागि बिशाल आमसभाको आयोजना

राजसंस्था पुन:स्थापनाको लागि बिशाल आमसभाको आयोजना

काठमाडौँ। राजसंस्था पुन:स्थापनाको लागि शाही युवा शक्ति नेपालले काठमाडौँमा बिशाल आमसभाको आयोजना गरेको छ।

फाल्गुन १५ गत्ते शनिबार दिनको २:०० बजे काठमाण्डौको गोङ्गबुस्थित बिजी मल क्षेत्रमा आयोजित बिशाल आमसभामा शक्तिका केन्द्रिय अध्यक्ष पशुपति खड्का र अर्का नेता डिल्लिराम खनालले सम्बोधन गर्ने बताइएको छ।

शाही युवा शक्ति नेपाल, काठमाण्डौ क्षेत्र नं ६ द्वारा आयोजित आमसभामा ठुलो जनशक्ति उपस्थित रहने बताइएको छ। कार्यक्रम र अभियानबारे बोल्दै शाही युवा शक्ति नेपालका केन्द्रय अध्यक्ष खड्काले आफूहरु राजसँस्था पुनर्स्थापित गरेरै छाड्ने बताए। शक्तिले नेपालका थुप्रै ठाउँहरुमा राजसँस्था पुनर्स्थापानाको लागि प्रदर्शन र आमसभा गर्दै आएको छ।

Ad

सम्बन्धित समाचारहरु

२०४७ सालको संविधान पुनः स्थापनाको विकल्प छैन : महतो

२०४७ सालको संविधान पुनः स्थापनाको विकल्प छैन : महतो

काठमाडौं । देशमा अहिले २०४७ सालको संविधान ‘नेपाल अधिराज्यको संविधान २०४७’ आवश्यक रहेको किशोरी महत्तोले बताएका छ्न । राजधानीमा पत्रकार सम्मेलन कार्यक्रम गरेर २०४७ सालको संविधान पुनः स्थापना हाम्रो अभियानका प्रमुख संयोजक रहेका महत्तोले २०७२ सालको संविधान मरिसकेको आरोप लगाउदै अब २०४७ सालको संविधान पुनः स्थापनाको विकल्प नरहेको बताएका हुन । त्यस्तै, उनले गणतन्त्रको अन्त्य भएकोले राजसँस्थाका लागि बाटो खुला भएको बताए । नेपालको संविधान २०७२ ले काम गर्न नसक्ने र अहिले २०७२ को संविधान लेख्नेहरु नै पछुताई रहेको प्रमुख संयोजक महत्तोले दाबी गरे । त्यस्तै, महत्तोले २०७२ को संविधानलाई संविधान लेख्नेले नै ब्लत्कार गरेको आरोप लगाए ।

सिंहदरबारको रत्यौली देशका आठ ठाउँमा पुग्यो : चित्रबहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताका कारण सिंहदरबारभित्रको किनबेच अहिले देशका आठ ठाउँमा पुगेको बताएका छन । नयाँ बानेश्वरको संसद भवनभित्र चल्ने रत्यौली अहिले धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर हेटौँडा, र विराटनगर पुगेको बताएका हुन । मंगलबार बुटवलमा राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले लेनिनको शब्द सापटी लिँदै संसदलाई ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो’ को संज्ञा दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad