Namaste Icon
Ad
Ad

केटीको चित्र बनाउन माहिर शिशिर योगी कसरी बने गायक ?

केटीको चित्र बनाउन माहिर शिशिर योगी कसरी बने गायक ?

केशर विश्वकर्मा, काठमाडौं । गायक शिशिर योगीको 'यादमा' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो केही दिन अगाडिमात्रै 'शिशिर योगी' नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको हो । २०२७ सालमा दाङ जिल्लामा जन्मेर २०४८ सालदेखि निरन्तर साङ्गीतिक यात्रामा लागेका योगीले हालसम्म साँढे ३ सयभन्दा बढी गीत गाएका छ्न । उनी भन्छन 'अफर आएका जति सबै गीत गाउने हो भने पाँच सात हजारभन्दा बढी गाउँथे होला । तर मैले छनोट गरेरमात्रै गाउने गरेको हुनाले धेरै कम गीत गाएको छु ।' चित्र बनाउन माहिर गायक शिशिर योगी स्कुले जीवनमा आफूलाई मन परेको केटीहरुको चित्र बनाएर ती केटीलाई दिदाँको क्षण पनि सम्झन्छन् । उनी भन्छन् 'यदि म गायक नभएको भए चित्रकार बन्ने थिएँ ।'

‌शिशिरले गाएको पहिलो गीत दिलको प्यास म कहाँ गैई मेटाउँ हो । उनले यो गीत २०४७ सालमा रेडियो नेपालमा गाएका थिए । गायक योगीका सारङ्गी त रेटे पनि, आमाले घाँस काट्दै गर्दा, चौतारीको बरै ढलेछ लगायत कयौं गीतहरू आम नेपाली दर्शक श्रोताको मन मुटुमा बस्न सफल भएका छन । 'यादमा' भन्ने गीत कस्तो गीत हो र कसरी यो गीत गाउने अवसर मिल्यो भन्ने दर्पण दैनिकको प्रश्नमा गायक शिशिर भन्छन, 'यो गीतको शब्द लोकेन्द्रबाबु राईले लेखेका हुन । राईले यो गीत गजलको संरचनामा लेखेका रहेछन् । अर्को कुरा लोकेन्द्रबाबुलाई मेरै स्वरमा गीत गाउन लगाउने रहर रहेछ । त्यसपछि शब्द लेखक राई, सङ्गीतकार बिबी अनुरागी र मेरो भेट भयो । शब्द मलाई मन पर्‍यो तर गजलको संरचनामा लेखिएको यो गीतलाई सङ्गीतकार बिबी र मैले राेमान्टिक बनाउनु पर्छ भनेर सल्लाह गर्‍यौं । त्यसपछि हामीले राईले लेखेका शब्दलाई केही परिमार्जित गरेर गीत बनायौँ र मैले गाएँ । यी यावत् कार्यपश्चात् मलाई यो गीत गाउने अवसर मिलेको हो । 'यादमा' गीत सिरियस जस्तो सुने पनि राेमान्टिक खालको गीत हो ।'

गायक शिशिरको परिवार साङ्गीतिक क्षेत्रको भने होईन । तर आमाले गीत गाउँदै हुर्काएको हुँदा गायक बन्न पुगेको उनी बताउँछन । 'बच्चामा आमाले गीत गुनगुनाउँदै मलाई हुर्काउनु भयो । म आमाले गीत गाएको सुनेर प्रभावित हुने गर्थें । त्यसपछि मैले पनि अलिअलि गाउँने गरेँ । त्यसैले अहिले म गायक भएको हुँ ।' प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतमा बिबी अनुरागीले सङ्गीत भरेका छन भने मिक्सिङ्ग तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन । यस गीतको म्युजिक भिडियोलाई विरेन्द्र भाट 'विपिन' ले निर्देशन गरेका हुन भने लोकेश भाटले सम्पादन गरेका छ्न ।

Ad

सम्बन्धित समाचारहरु

मेलिनाकै हातको पानी रविलाई किन मिठो लाग्यो ?(भिडियो हेर्नुहोस)

सन्तोष दाहाल, ललितपुर। लोकप्रिय गायक रवि थापा मगर र मेलिना राइको आवाज रहेको गीत 'पानी मिठो' को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।फिल्म मोशन प्रा. लि ले पोस्ट पोस्ट प्रोडक्सन गरेको यस सुगम गीतमा टुरिष्ट जंग विकको शब्द र खेम सेन्चुरीको संगीत रहेको छ।

स्वस्तिमा खड्का र विपिन कार्कीको प्रमुख भूमिकामा ‘विवेक’ बन्ने

काठमाडौं । चलचित्र ‘लुट’ का निर्माता माधव वाग्लेले नयाँ चलचित्र ‘विवेक’ बनाउने घोषणा गरेका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहने यो चलचित्र प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने जनाइएको छ । चलचित्रका लागि अभिनेता विपिन र अभिनेत्री स्वस्तिमाले काम गर्ने पक्कापक्की भएको निर्माण पक्षले जनाएको छ । निर्माता वाग्लेका अनुसार चलचित्रका अन्य पात्र अडिसनबाट छानिने छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad