Namaste Icon
Ad
Ad

'टिकटक क्विन: सुपरम्यान'मा पल र गरिमाको रोमान्स (भिडियो )

'टिकटक क्विन: सुपरम्यान'मा पल र गरिमाको रोमान्स (भिडियो )

काठमाडौँ । गायिका रचना रिमाल र गायक कृष्ण ढकालको युगल गायनमा समावेश 'टिकटक क्विन: सुपरम्यान' शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा शब्द, संगीत तिलक बस्नेत रहेको छ। यस गीतलाई रमेश सिन्चुरीले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नायक पल शाह र मोडेल दुर्गेश थापालाई सुपरम्यानका रुपमा देख्न सकिन्छ। गरिमा शर्मा र रुचि बिश्वासलाई टिकटक क्विनका रुपमा देख्न सकिन्छ । राजिव समरले कोरियोग्राफी गरेको यस भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन्। भिडियोमा विवेक सुनारको सम्पादन रहेको छ। शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो।

चन्दन शाह निर्माता रहेको यस गीतको भिडियोलाई शाह प्रडक्शन फिल्म्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। यसै प्रडक्शन हाउस बाट पल शाह अभिनित 'हृदय भरी' छिट्टै रिलिजको तयारीमा छ।

Ad

सम्बन्धित समाचारहरु

मेलिनाकै हातको पानी रविलाई किन मिठो लाग्यो ?(भिडियो हेर्नुहोस)

सन्तोष दाहाल, ललितपुर। लोकप्रिय गायक रवि थापा मगर र मेलिना राइको आवाज रहेको गीत 'पानी मिठो' को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।फिल्म मोशन प्रा. लि ले पोस्ट पोस्ट प्रोडक्सन गरेको यस सुगम गीतमा टुरिष्ट जंग विकको शब्द र खेम सेन्चुरीको संगीत रहेको छ।

स्वस्तिमा खड्का र विपिन कार्कीको प्रमुख भूमिकामा ‘विवेक’ बन्ने

काठमाडौं । चलचित्र ‘लुट’ का निर्माता माधव वाग्लेले नयाँ चलचित्र ‘विवेक’ बनाउने घोषणा गरेका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहने यो चलचित्र प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने जनाइएको छ । चलचित्रका लागि अभिनेता विपिन र अभिनेत्री स्वस्तिमाले काम गर्ने पक्कापक्की भएको निर्माण पक्षले जनाएको छ । निर्माता वाग्लेका अनुसार चलचित्रका अन्य पात्र अडिसनबाट छानिने छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad