ललितपुरमा ३ महिने ढाका बुनाई तालिम सम्पन्न

रशिला भण्डारी, ललितपुर। ललितपुर महानगरपालिका वडा नं १४ मा ३ महिने ढाका बुनाई तालिम सम्पन्न भएको छ। बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको आर्थिक सहयोग र ललितपुर महानगरपालिकाको कार्यान्वयनमा संचालित १० लाख रकमबाट तालिममा सहभागी १४ जना महिलाले बिहीबार एक समापन समारोहका बीच प्रमाणपत्र पाएका छन्।
बागमती प्रदेश सांसद मैना अछामीको पहलमा कार्यक्रम प्राप्त गरी गत मङ्सिर ७ देखी संचालन गरिएको उक्त तालिम वडा नं १४ को ढाका बुनाई उद्यमशील महिला समितिको संयोजनमा संचालन गरिएको थियो। समापन कार्यक्रममा प्रशिक्षार्थीलाई शुभकामना व्यक्त गर्दै प्रदेश सांसद मैना अछामीले तालिमलाई तालिम र प्रमाणपत्रमा मात्र सीमित नराखी आत्मनिर्भरमा आउन प्रेरित गर्ने उद्देश्य सहित तालिम संचालन गरिएको बताइन। साथै आगामी दिनहरुमा एड्भान्स कोर्सको लागि पनि आफूहरुले पहल गर्ने भन्दै उनले आफूले दिने ज्ञानलाई निरन्तरता दिन आग्रह गरिन।
यस्तै अर्की सांसद सरस्वती बस्नेतले पनि सिकेको ज्ञानलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आग्रह गर्दै उत्पादित बस्तुको बजार जोखिमताको बारेमा सोच्न सम्बन्धित सबैलाई आग्रह गरिन। ललितपुर महानगरपालिकाकी बोर्ड सदस्य संगीता अछामीले माहिलाहरू कसैमा निर्भर नभई आफैं जागरुक बनुन भन्ने मूल उद्देश्यका साथ् तालिम संचालन गरिएको भन्दै तालिममा जीवनको व्यवहारमा उतार्न आग्रह गरिन। प्रशिक्षक कृष्णकुमारी पौडेलले सबै प्रशिक्षार्थीले नातिजायोग्य सफलता हात पारेको भन्दै तालिम अवधिभर सबैजना सीप हासिल गर्नको लागि जागरुक भएको बताईन।
काठमाडौं । नेपालका कारागारमा क्षेमताभन्दा चारगुणा बढी कैदीहरु राखिने गरेको मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालकी अध्यक्ष कोकिला पुनले बताएकी छन । उक्त संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय शंकरकुमार केसीको फोटोमा माल्यार्पण गर्दै अध्यक्ष पुनले कारागारहरुमा क्षमता बढी र अव्यवस्थित तरिकाले कैदीहरु राख्ने गरेको बताएकी हुन ।
ललितपुर । गोदावरीमा महिला उद्यमशिलता विकास गरिने भएको छ । नगरपालिका र गोदावरी उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा यस क्षेत्रका महिलालाई अघि बढाएर समृद्ध नगरपालिका निर्माणका लागि उक्त काम गर्न लागिएको हो । चालु आर्थिक वर्षको बाँकी तीन महिना अवधिमा उद्यम गर्न इच्छुक महिला खोजेर उनीहरुको रुची अनुसारका काम गर्न प्रेरणा दिइने नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, सवल, सक्षम र समृद्ध नगरपालिका बनाउन यी तत्व पनि आवश्यक रहनाका साथै एक उद्यमीले अर्का एक सय व्यक्तिलाई रोजगार दिन सक्छ भन्ने विश्वासका साथ यस काम अघि बढाउन लागेका हौं । उद्यम गर्न चाहने महिला जस्को आर्थिक अवस्था कम्जोर छ सो का हितमा कोष समेत खडा गर्नेतर्फ ध्यान दिइने भएको महर्जनले जानकारी गराए ।