Namaste Icon
Ad
Ad

'जनयुद्धको निरन्तर आशा जगाइदिने तिम्रो अनुहार म सधैँ सम्झिनेछु '

'जनयुद्धको निरन्तर आशा जगाइदिने तिम्रो अनुहार म सधैँ सम्झिनेछु '
दिलबहादुर रम्तेल

खगेन्द्र हमाल, सुर्खेत । बुवा सेते रम्तेल र आमा सरीमाया रम्तेलकाे काेखबाट २०४२ सालमा जन्मिएका दिलबहादुर रम्तेललाई तत्कालीन राज्यपक्षबाट हत्या गरिएको थियो। गोरखा जिल्ला गाविस पन्द्रुङवार्ड २ निबासी हुन रम्तेल गरिव परिवारमा जन्मिएका थिए। दिलबहादुरकाे औपचारिक शिक्षा सुर्य मावि तुकुकाेट बाट भएकाे हाे । आफ्ना प्रधानाध्यापकलाई प्रहरीले अनावश्यक गिर’फ्तार गरेकाे भन्दै तत्काल रिहाईका लागि बिराेध गरेका बिधार्थीहरु बिच रहेका दिल बहादुर रम्तेललाई प्रहरीले गोलि चलायकाे थियोे । सूर्यज्योति मावि ताकुकोटका प्रधानाध्यापक वरबहादुर गुरुङलाई हतियार सहित गएका प्रहरीको टोलीले गि’रफ्तार गरी ल्याउने क्रममा गोरखा पन्द्रुङ गाविस-२ स्थित ब्रम्हाचारिनी निमाविमा विद्यार्थी र प्रहरी बीच झडप हुँदा प्रहरीले चलाएको गोली हो।

खगेन्द्र हमाल

 


गोरखा जिल्ला पन्द्रुङ गाविस-३ निवासी कक्षा- ४ मा अध्ययनत १० वर्षीय दिलबहादुर रम्तेलको ०५२ फागुन १४ गते घटनास्थालमै मृत्यु भएको थियो। शिक्षक गुरुङलाई गोरखा सिम्जुङ गाविसस्थित सेभ द चिल्ड्रेनको कागजात जलाएको आरोपमा गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । दश बर्षे माओवादी शसस्त्र दन्द्धमा २०५२ साल फागुन १४ गते रम्तेलको मृत्यु भएको थियो । शिक्षकलाइ प्रहरीले गरेको गिरफ्तारी बिरुद्ध बिद्यार्थीले गरेको प्रदर्शनको क्रममा घाइते भएका रम्तेलको उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

तत्कालीन माओवादीले जनयुद्धका पहिलो शहिदको रुपमा दिलबहादुर रम्तेललाई घोषणा गरि थप तत्कालीन राज्यबिरुद्द आन्दोलन अगाडी बढाएको थियो।त्यो १० वर्षको बीचमा हजारौं परिवारमा रम्तेलका बुवा आमा जस्तै पीडा थपियो । दिल बहादुर रम्तेल जस्ता हजारौं मरे, हजारौ घाइते बने । आज पनि छोरा गुमाएका हजारौ आमाबुबाहरु आफनो सन्तानलाई किन मारियो भन्ने जवाफ कुरिरहेका छन् । अझै कति कुर्नुपर्ने हो , त्यो थाहा छैन । प्रिय भाइ दिल बहादुर रम्तेल तिम्रो सम्मानको लागि र तिमी जस्तै हजारौंले पाउनुपर्ने न्यायको लागि भने म सदैव आवाज उठाउने छु । जनयुद्धको निरन्तर आशा जगाइदिने तिम्रो अनुहार म सधैँ सम्झिनेछु ।

Ad

सम्बन्धित समाचारहरु

नेता बन्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुस्

नेता बन्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुस्

निरज कालिका । नेपालको राजनीति हेरेर मात्रै बुझ्न सकिँदैन । राजनीतिभित्र हरेक विषयहरु पर्दछन । प्रसिद्व लेखक क्रिनसको ईन्टरसेक्सनालिटीको आधारलाई लिएर राजनीति बुझ्न सकिन्छ । कुनै पनि विषय पूर्ण बन्न अन्य तत्वहरुले भूमिका खेलेको हुन्छ । त्यस्तै, राजनीतिक विषय पूर्ण बन्नका लागि धेरै तत्वहरुको आवश्यकता पर्दछ । जस्तै समाज, विज्ञान, अध्ययन, प्रविधि , राजनीतिकदल, अड्डाअदालत, प्रशासन, धर्म, संकृति आदि तत्वको आवश्यकता पर्दछ । यस्ता कैयौं विषयहरूले राजनीति विषय निर्माण गर्ने गर्दछन । खाली नेताहरुलाई मात्र हेरेर राजनीति बुझ्न सकिँदैन र पूर्ण हुँदैन । समाजका मानिस, सलाकार, स्वयं नेता पनि कस्ता छन ? यी कुरा पनि बुझ्न जरुरी हुन्छ । यी बाहेक पनि विभिन्न कुराहरूको आफ्नै नियम हुन्छ । जस्तो विज्ञानको नियम, बजारको नियम, समाजको नियम, धर्मको नियम, संस्कृतिको आदिको आफ्नै नियम हुन्छ । त्यस्तो धेरै विषयहरूको विभिन्न नियम हुन्छ । जसले राजनीति निर्माण गर्छ ।

अकर्मण्य ओली सरकारकाे वर्हिगमन आजको आवश्यकता

अकर्मण्य ओली सरकारकाे वर्हिगमन आजको आवश्यकता

डा. डिला संग्रौला । लामो संघर्ष र बलिदान पछि प्राप्त लोकतान्त्रिक पद्धतिको अवमूल्यन, संविधान माथि प्रहार र जनविरोधी क्रियाकलाप प्रधानमन्त्री ओलीले आफू सत्तासिन भएदेखिनै गरेकै हन् । त्यसैले यो सरकार अकर्मण्य, अपारदर्शी, असंवेदनशिल र सत्तालोलुपताले भरिएको घैँटो जस्तै भएको छ । जनताप्रति अनुत्तरदायी खड्क– सत्ता स्वभावले नै अधिनायाकवादी र सर्वसत्तावादी छ । यसको चाडोभन्दा चाडो वर्हिगमन आजको आवश्यकता हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad