Namaste Icon
Ad
Ad

नोकियाले ल्यायाे नयाँ स्मार्टफोन, कति पछ

नोकियाले ल्यायाे नयाँ स्मार्टफोन, कति पछ

काठमाडौं । नोकिया फोनहरूको होम्स एचएमडी ग्लोबलले आफ्नो नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ। ६.५१ इन्च इड्ज–टु–इड्जसम्म फैलिएको एक प्रभावशाली स्क्रिन रियल इस्टेटले पूर्ववर्ती भन्दा यो लगभग एक इन्च ठूलो छ। यो फोन नोकिया १ सिरिजकै सबैभन्दा ठूलो हो । नोकिया १.४ क्षणमा इन्जिनियर र निर्मित गरिएको फोन हो।


नयाँ विस्तारित एचडी प्लस स्क्रिन भिडियो कलिंग एपको साथ आउने बताइएको छ। जुन परिवारलाई वर्तमान अवस्थाको बीचमा जडित रहन मद्दत गर्दछ। नोकिया १.४को क्यामेरा क्षमता प्रदर्शन गर्ने कम्पनीको दाबी छ।

६.५१ इन्च एचडी प्लस इड्ज–टु इड्ज ,नोट जत्तिकै ठूलो छ। नोकिया १ सिरिजमा अहिलेसम्मकौ सबैभन्दा ठूलो उपकरणले परिवारहरूलाई मनोरञ्जन र होम स्कुलको वृद्धिको बीचमा इमर्सिभ अनुभवहरू प्रदान गर्ने कम्पनीले जनाएको छ । नोकिया १.४ नेपालमा १७ फागुनदेखि उपलब्ध गराइएको छ। फोनमा २ जीबी/३२जीबी, र्‍याम र रोम छ। १२ हजार ८९९ रूपैयाँ मूल्य पर्ने यो फोन ग्रे र पर्पल डस्क कलर भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

Ad

सम्बन्धित समाचारहरु

एनसेललाई एचआर एक्सिलेन्स अवार्ड

एनसेललाई एचआर एक्सिलेन्स अवार्ड

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२०’ प्राप्त गरेको छ । मानव संसाधन विकासका क्षेत्रमा काम गर्दै आएको कम्पनी ग्रोथ सेलर्सले एचआर मिट २०२१ को एक कार्यक्रममाझ एनसेललाई यो अवार्ड प्रदान गरिएको हो ।

जेठदेखी अवैध मोबाइल ‘लक’ गर्ने तयारी, वैध च्यानलबाट आएका मोबाइल डिभाइसमा मात्र नेटवर्कले काम गर्ने

काठमाडौं । आगामी जेठदेखी नेपालमा भित्रिएका अवैध मोवाइल लक हुने भएका छन् । नेपाल दूरसञ्‍चार प्राधिकरणले यसअघि नै यस्तो प्रणाली सञ्चालन गर्ने तयारी गरेपनि जेठबाट मात्र सञ्चालनमा आउने भएको छ । ठेक्का सम्झौता भएको दुई वर्षपछि अवैध मोबाइल नियन्‍त्रणका लागि बनाइएको प्रणाली सञ्‍चालन हुने भएको हो । प्रणाली सञ्‍चालनमा आएपछि नेपालमा पनि दर्ता भएर वैध च्यानलबाट आएका मोबाइल डिभाइसमा मात्र नेटवर्कले काम गर्ने छ । अवैध तथा चोरी गरी ल्याइएका एंवम् प्रणालीको डेटाबेसमा नभएका डिभाइस ब्लक हुनेछन् । मोबाइल डिभाइस म्यानेजमेन्ट विनियमावलीअनुसार आधिकारिक आयातकर्ताहरूले डिभाइसको युनिक नम्बर (आइएमइआइ नम्बर ) दर्ता गराउनुपर्ने छ । यसरी दर्ता भएका डिभाइसको डेटाबेस सेवाप्रदायकहरुको नेटवर्कसँग जोडिने छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad