Namaste Icon
Ad
Ad

बैतडी प्रहरीको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

बैतडी प्रहरीको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

लक्ष्मण विसी, बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडी र ईलाका प्रहरी कार्यालय तल्लो स्वराड देही बैतडीको सयुंक्त आयोजनामा नागरिक सुनुवाइ कार्यक्रम बैतडीको मेलौलीमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरीले गर्दै आइरहेका गतिविधिहरुको जानकारी गराउदै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जिल्लाको शान्ती सुरक्षा, अपराध नियन्त्रण र सहि सूचना प्रवाहका लागि सबै पक्षहरुसंगको सहकार्य, सहयोग अपरिहार्य रहेको बताए ।

जनप्रतिनिधि, नागरिक समाज, संचारकर्मी, अधिकारकर्मी, विभिन्न संघ संस्था तथा कार्यालयका कर्मचारी, स्थानीय व्यापारी र आम नागरिकहरुको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरु बाट सुझाव सल्लाह र गुनासो सुन्ने र सरोकारवाला निकायबाट आएका सवालहरुको जवाफ दिदै सबै प्रश्न कर्ताहरुलाई सन्तुष्ट पारिएको थियो । कार्यक्रममा प्रश्नकर्ताहरुले ‘प्रहरी हाम्रो साथी’, ‘मुस्कान सहितको प्रहरी सेवा’ र ‘सामुदायिक प्रहरी साझेदारी कार्यक्रम’ एकदमै प्रभावकारी भएको र यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए । विशेषगरी खुलारुपमा बिहान देखि साझ सम्म बिक्रि वितरण गरिदै आइरहेको मदिरा सेवनले घरेलु हिंसा, शारीरिक, मानसिक हिंसा तथा समाजमा नराम्रो असर पारिरहेको छ भने पछिल्लो समयमा सामाजिक अपराधहरु बढिरहेको हुदा यसको बिक्रि बितरणमा नियन्त्रण गर्न आवश्यक नीति बनाइ लागु गराउन पर्नेमा जोड दिइएको छ ।

यस्तै कार्यक्रम समापन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जनप्रहरी र जनसमुदाय एक अर्काका परिपुरक रहेका र समग्र जिल्ला तथा राष्ट्रको शान्ती सुरक्षा कायम गर्नका लागि सबै पक्षसंग समन्वय र सहकार्य हुन आवश्यक रहेको बताए । त्यस्तै समाजमा हुने बिभिन्न खाले बिकृती बिसंङ्ग्ती अपराधहरु नियन्त्रण गर्नका लागि आ–आफ्नो ठाउँबाट उठनु पर्ने र भौतिक विकास संगै सचेतना मुलक कामहरुलाई प्राथमिकतामा राख्दै स्वच्छ, सुन्दर, शान्त र समतामूलक समाज निर्माणमा सबै पक्षको जिम्मेवारी र दायीत्व रहेको बताएका छन् । यस्तै सहभागीहरुबाट आएका सुझाव सल्लाहहरुलाई आत्मासाथ गर्दै अगाडि बढ्ने प्रतिबद्धता प्रहरीले ब्यक्त गरेको छ ।

Ad

सम्बन्धित समाचारहरु

कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिन्छ: अध्यक्ष पुन

काठमाडौं । नेपालका कारागारमा क्षेमताभन्दा चारगुणा बढी कैदीहरु राखिने गरेको मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालकी अध्यक्ष कोकिला पुनले बताएकी छन । उक्त संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय शंकरकुमार केसीको फोटोमा माल्यार्पण गर्दै अध्यक्ष पुनले कारागारहरुमा क्षमता बढी र अव्यवस्थित तरिकाले कैदीहरु राख्ने गरेको बताएकी हुन ।

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

ललितपुर । गोदावरीमा महिला उद्यमशिलता विकास गरिने भएको छ । नगरपालिका र गोदावरी उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा यस क्षेत्रका महिलालाई अघि बढाएर समृद्ध नगरपालिका निर्माणका लागि उक्त काम गर्न लागिएको हो । चालु आर्थिक वर्षको बाँकी तीन महिना अवधिमा उद्यम गर्न इच्छुक महिला खोजेर उनीहरुको रुची अनुसारका काम गर्न प्रेरणा दिइने नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, सवल, सक्षम र समृद्ध नगरपालिका बनाउन यी तत्व पनि आवश्यक रहनाका साथै एक उद्यमीले अर्का एक सय व्यक्तिलाई रोजगार दिन सक्छ भन्ने विश्वासका साथ यस काम अघि बढाउन लागेका हौं । उद्यम गर्न चाहने महिला जस्को आर्थिक अवस्था कम्जोर छ सो का हितमा कोष समेत खडा गर्नेतर्फ ध्यान दिइने भएको महर्जनले जानकारी गराए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad