ओलीको सफलता ऐतिहासिक छ : नवराज सिलवाल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मुलुकको विखण्डनमा लागेका सिके राउतको लोकतान्त्रिक मुलप्रवाहीकरण गरे । यस्तै, विप्लवको हिंसा त्याग र लोकतान्त्रिक अवतरण गर्ने प्रयास प्रधानमन्त्री ओलीको महान सफलता भएको नकपा नेता नवराज सिलवालले बताएका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयन, नक्सांकन र देशको समृद्धिको खाका कोर्ने काम राजनीतिक मात्रै नभई एतिहासिक भएको टिप्पणी गरको छन् ।
उनले प्रधानमन्त्री ओलीका कृयाकलापहरुको प्रशंसा गर्दै अब मुलुक विकास र समृद्धिको बाटोमा लागेको संकत गरेका छन् । सरकारले हिजो बुधबार नेकपा विप्लवसँग बार्ता टोली गठन गरी एक चरणको वार्तालापसमेत पुरा गरिसकेको छ ।
काठमाडौं । देशमा अहिले २०४७ सालको संविधान ‘नेपाल अधिराज्यको संविधान २०४७’ आवश्यक रहेको किशोरी महत्तोले बताएका छ्न । राजधानीमा पत्रकार सम्मेलन कार्यक्रम गरेर २०४७ सालको संविधान पुनः स्थापना हाम्रो अभियानका प्रमुख संयोजक रहेका महत्तोले २०७२ सालको संविधान मरिसकेको आरोप लगाउदै अब २०४७ सालको संविधान पुनः स्थापनाको विकल्प नरहेको बताएका हुन । त्यस्तै, उनले गणतन्त्रको अन्त्य भएकोले राजसँस्थाका लागि बाटो खुला भएको बताए । नेपालको संविधान २०७२ ले काम गर्न नसक्ने र अहिले २०७२ को संविधान लेख्नेहरु नै पछुताई रहेको प्रमुख संयोजक महत्तोले दाबी गरे । त्यस्तै, महत्तोले २०७२ को संविधानलाई संविधान लेख्नेले नै ब्लत्कार गरेको आरोप लगाए ।
बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताका कारण सिंहदरबारभित्रको किनबेच अहिले देशका आठ ठाउँमा पुगेको बताएका छन । नयाँ बानेश्वरको संसद भवनभित्र चल्ने रत्यौली अहिले धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर हेटौँडा, र विराटनगर पुगेको बताएका हुन । मंगलबार बुटवलमा राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले लेनिनको शब्द सापटी लिँदै संसदलाई ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो’ को संज्ञा दिए ।