Namaste Icon
Ad
Ad

गजल 'सानी' मा विशाल र एलिसाकाे अभिनय (भिडियो)

गजल 'सानी' मा विशाल र एलिसाकाे अभिनय (भिडियो)

रशिला भण्डारी, काठमाडौं । नेपाली साहित्य विधाको गजल 'सानी' को भिडियो सार्वजानिक भएको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर गजल 'सानी' को भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा विशाल तिमल्सिना र एलिसा आचार्यले अभिनय गरेका छन् । कक्षा ८ मा पढ्दा देखि नै साहित्यको क्षेत्रमा कलम चलाएका तिमिल्सिनाले आफ्ना गजलमा पनि वा वा आउन थालेपछि उक्साहित भएर यसै क्षेत्रलाई निरन्तरता दिएको बताए । उनले हालसम्म २ सयभन्दा बढी गजल लेखेका छन ।

उक्त पत्रकार सम्मेलन कार्यक्रममा डा. रेनुका सोनु, हाँस्य कलाकार पवन खतिवडा (म्याकुरी), कलाकारहरु सरोज घिमिरे, रामचन्द्र बोहरा, भुपेन्द्र कट्टेल लगायतको उपस्तिथि रहेको थियो । हाँस्य कलाकार पवन खतिवडाले आफ्नो कमिडि प्रस्तुत गर्दै सानै देखि साहित्यलाई एकदमै मन पर्ने बताए । साथै उनले आफुलाई साहित्यिक क्षेत्रले मन छुने र प्रदीप रोधन, ईश्वर दहालको गजल सुन्ने गरेको बताए ।

Ad

सम्बन्धित समाचारहरु

मेलिनाकै हातको पानी रविलाई किन मिठो लाग्यो ?(भिडियो हेर्नुहोस)

सन्तोष दाहाल, ललितपुर। लोकप्रिय गायक रवि थापा मगर र मेलिना राइको आवाज रहेको गीत 'पानी मिठो' को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।फिल्म मोशन प्रा. लि ले पोस्ट पोस्ट प्रोडक्सन गरेको यस सुगम गीतमा टुरिष्ट जंग विकको शब्द र खेम सेन्चुरीको संगीत रहेको छ।

स्वस्तिमा खड्का र विपिन कार्कीको प्रमुख भूमिकामा ‘विवेक’ बन्ने

काठमाडौं । चलचित्र ‘लुट’ का निर्माता माधव वाग्लेले नयाँ चलचित्र ‘विवेक’ बनाउने घोषणा गरेका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहने यो चलचित्र प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने जनाइएको छ । चलचित्रका लागि अभिनेता विपिन र अभिनेत्री स्वस्तिमाले काम गर्ने पक्कापक्की भएको निर्माण पक्षले जनाएको छ । निर्माता वाग्लेका अनुसार चलचित्रका अन्य पात्र अडिसनबाट छानिने छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad