Namaste Icon
Ad
Ad

'शैलुङ्गे मेला' भिडियोले सफलता पाउदै, आखिर के छ शैलुङ्गे मेलाभित्र ?

'शैलुङ्गे मेला' भिडियोले सफलता पाउदै, आखिर के छ शैलुङ्गे मेलाभित्र ?

केशर विश्वकर्मा, काठमाडौं । शैलुङ्गे मेला म्युजिक भिडियोले सार्वजनिक गरेको ५ दिनमै ५ लाख ५० हजारभन्दा बढी भ्युउज पाउन सफल भएको छ । राजु लामा मंगोलियन यूट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोले यसरी अप्रत्याशित रूपले भ्युउज बटुल्न सफल भएको हो । नेपाली सांगीतिक बजारमा दिनमै कयौं म्युजिक भिडियोहरु सार्वजनिक हुने गर्छन । तीमध्ये थोरैले मात्र सफलता हाँसिल गर्छन् । शैलुङ्गे मेलाको अडियो केही महिना अगाडि नै सार्वजनिक गरिएको थियो । अडियो सुनेर श्रोताहरुले मन पराएको र भिडियो हेर्न आतुर दर्शकलाई मध्यनजर गरेर भिडियो निर्माण गरेको साजन मोक्तान बताउँछन् । उनी भन्छन्, 'यस भिडियोको अडियो केही समय पहिला नै सार्वजनिक गरेका थियौँ । गीत सुनेर धेरै दर्शक तथा श्रोताहरुको भिडियो कहिले आउँछ भनेर प्रश्न तथा कमेन्ट आउन थाल्यो । त्यसपछि हामीले दर्शक श्रोताको मनसाय अनुरूप यो म्युजिक भिडियो बजारमा ल्याएका हौँ ।'

गीतमा शब्द संगीत अनिल लामाको रहेको छ भने फणिन्द्र राईको संगीत संयोजन र मित्र लामाले गीतको अडियो मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । सो शैलुङ्गे मेला टिममा वाङ्छेन लामा, बसन्ती लामा, हर्क दोङ, दीपा लामा, प्रज्ञा लामा, रेशम बम्जन लगायत रहेका छन । भ्युउज जादैँमा राम्रो म्युजिक भिडियो हो भन्न मिल्छ त भन्न्ने प्रश्नमा मोक्तान भन्छन् "सर्वप्रथम त तपाँईको प्रश्नको लागि धेरै धेरै धन्यवाद ! एकदमै गहकिलो प्रश्न उठाउनु भयो । निश्चय पनि भ्युउज धेरै जादैँमा म्युजिक भिडियो राम्रो भनेर ठोकुवाको साथ सकिदैँन । तर शैलुङ्गे मेला म्युजिक भिडियोमा भिअर्सले दिएको प्रतिक्रियालाई आधार बनाएर हेर्दा र गीतको सर्जक, गायन तथा सबै पक्ष राम्रो बनेको भाव हुन्छ । त्यसैले यो गीतको म्युजिक भिडियो नराम्रो भन्न सकिँदैन । यो गीतको शब्द तथा भिडियो ऐतिहाँसिक पर्यटकीय स्थल दोलखा जिल्लाको शैलुङको बारेमा बनेको छ । जसमा एउटा गाउँले परिवेशमा रहेका छोरी मान्छेले आफ्ना प्रेमिकालाई कुर्दाकुर्दै बाध्यताले छुट्टिनु पर्ने जस्ता विषयवस्तु उठाईएको छ । गीतको भिडियोमा नकारात्मक शब्द तथा सन्देश दिने खालका कुनै दृश्य छैन । यस कारण पनि यो म्युजिक भिडियो नराम्रो भन्न मिल्दैन । बाँकी सबै दर्शक श्रोताले सल्लाह, सुझाव, प्रतिक्रियामा भरपर्ने कुरा हो ।'

साजन मोक्तानले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो हो । साजनलाई छोटाे समयमा नै दर्शक श्रोताको यति धेरै माया पाएर पनि निरन्तर यसै क्षेत्रमा लाग्ने सोचमा देखिँदैनन । उनी भन्छन्, 'निरन्तर यसैमा लाग्ने सोच छैन । यसो टिकटक चलाउदा, मनोरञ्जन गर्न मन लाग्दा, साथीभाईको साथ सहयोग पाउँदा जिन्दगीको चिनो स्वरुप एउटा भिडियो बनाएको हुँ । आगामी दिनमा कथाले माग्यो र दर्शक श्रोताले मलाई मन पराउनु भयो भने समयको मागअनुसार यसै क्षेत्रमा लाग्न पनि सक्छु । तर अहिले नै यही क्षेत्रमा निरन्तर लाग्ने सोचमा छैन ।'

पहिलो पटक अभिनय गर्दा नै दर्शक श्रोताको यति धेरै माया पाउँदा मोक्तान खुसी छन् । खुसी व्यक्त गर्दै उनी भन्छन "मंगोलियन हर्ट राजु लामा दाइ र एलिशा राईसङ मेरो पहिलो यात्रा हो । उहाँहरुसँग सहकार्य गर्न पाउँदा म अत्यन्त खुसी छु ।" त्यस्तै उनी दार्शकहरुकाे प्रतिक्रिया, माया, सबैको सहयोग पाउँदा हर्षित भएका छन । यसरी नै दर्शक श्रोताको साथ सहयोग पाएमा अर्को भिडियो पनि चाडैँ ल्याउनेमा उनी ढुक्क छन । यो सफलता प्राप्त हुनुमा टिममा आवद्ध सबैले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु हो । त्यसैले 'शैलुङ्ग मेला' परिवारलाई धन्यवाद दिन्छु । त्यस्तै देश विदेशबाट फोन तथा एसएमएस मार्फत बधाई तथा शुभकामना दिने व्यक्तिहरु छन । उहाँहरुलाई पनि धन्यवाद ज्ञापन गर्दछु । त्यस्तै कविता गुरुङ (अमेरिका) र नम्साङ लिम्बू (ईजरायल) लाई विशेष धन्यवाद दिन चाहान्छु ।

साजन मोक्तान विशेष गरी सामाजिक क्षेत्रमा काम गर्दै आएका व्यक्ति हुन । मोक्तानको नेतृत्वमा फुर्के फेमेलीबाट गत भदौ महिनामा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु ५ का ६५ घर बाढीपीडितलाई राहत वितरण गरिएको थियाे । राहतमा प्रतिपरिवार नगद पाँच हजार रुपैयाँ तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । त्यस्तै मोक्तानले थुप्रै ठाँउमा बिरामी तथा असहायहरुलाई सहयोग गर्दै आएका छन ।

 

Ad

सम्बन्धित समाचारहरु

मेलिनाकै हातको पानी रविलाई किन मिठो लाग्यो ?(भिडियो हेर्नुहोस)

सन्तोष दाहाल, ललितपुर। लोकप्रिय गायक रवि थापा मगर र मेलिना राइको आवाज रहेको गीत 'पानी मिठो' को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।फिल्म मोशन प्रा. लि ले पोस्ट पोस्ट प्रोडक्सन गरेको यस सुगम गीतमा टुरिष्ट जंग विकको शब्द र खेम सेन्चुरीको संगीत रहेको छ।

स्वस्तिमा खड्का र विपिन कार्कीको प्रमुख भूमिकामा ‘विवेक’ बन्ने

काठमाडौं । चलचित्र ‘लुट’ का निर्माता माधव वाग्लेले नयाँ चलचित्र ‘विवेक’ बनाउने घोषणा गरेका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहने यो चलचित्र प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने जनाइएको छ । चलचित्रका लागि अभिनेता विपिन र अभिनेत्री स्वस्तिमाले काम गर्ने पक्कापक्की भएको निर्माण पक्षले जनाएको छ । निर्माता वाग्लेका अनुसार चलचित्रका अन्य पात्र अडिसनबाट छानिने छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad