# भर्खरै
Namaste Icon
Ad
Ad

माक्सबादीहरु क्रान्तिलाई आईडोलोजिका रुममा प्रयोग गर्छन

माक्सबादीहरु क्रान्तिलाई आईडोलोजिका रुममा प्रयोग गर्छन
कर्ण थापा

परिवर्तनका निम्ति क्रान्ति अति आवस्यक छ । चाहे त्यो जुनसुकै क्रान्ति किन नहोस । क्रान्तिले राजनीतिक परिवर्तनमा ठुलो फड्को मार्दछ । कतिपय अवस्थामा राजनीतिक व्यवस्थामा निहित व्यवस्था र संरचना तथा प्रक्रियाले जडता प्रदान गर्दछ । यसबाट राजनीतिक विकास अवरुद्ध हुन पुग्दछ।यस्तो व्यवस्थालाई चारैतर्फबाट घेराबन्दी गरिदा पनि यस्तो शासन व्यवस्था टिकिरहने क्षमता राख्दछ ।यस परिवर्तनका लागि गरिने सबैखालका प्रयासलाई असफल पारिदिन्छ ।

कहिलेकाही शासकवर्ग पनि स्वार्थी हुन पुग्दछकी उनीहरु आफ्नो हितको अघात पुर्याउने सबैखालका प्रयत्नलाई दरतहले षड्यन्त्र बल प्रयोग वा अनेक किसिमले पनि असफल बनाईदिन्छन । यस्तो अवस्थामा शासन व्यवस्था केहिका लागि केहिले सबै कुरा गर्ने व्यवस्थामा फेरिन पुग्छ । यस्तो अवस्थामा सर्वसाधारण राजनीतिक व्यवस्थाको जातोमा पिसिन पुग्छन । यसबाट मुक्ती पाउने उनिहरुसंग कुनै उपाय हुँदैन । यस्तो अवस्थामा उनीहरुको अगाडी क्रान्तिकारी परिवर्तनको एकमात्र बैकल्पिक उपाय हुन्छ । राजनीतिक व्यवस्थाले विकासबादी परिवर्तनलाई रोकिदिएको हुँदा नै यो क्रान्तिको विकल्प मात्र हुन्छ । यस्तो अवस्थामा क्रान्तिलाई नै परिवर्तनको बाटोमा जानू बाहेक अरु विकल्प नै छैन।


राजनीतिक परिवर्तनका लागि दुई किसिमका उपाय रहेका हुन्छन । यसमा बिकासबादी राजनीतिक परिवर्तन र दोश्रो क्रान्तिकारी राजनीतिक परिवर्तन रहन्छ । सर्वसाधारण सामन्य स्थितिमा मात्र नभएर अत्यधिक विषम परिस्थितिमा पनि राजनीतिक परिवर्तनको विकासबादी परिवर्तनलाई नै उचित मान्दछन । सर्वसाधारणलाई कुनै प्रकारको उथलपुथल रुचिकर हुदैन । राजनीतिक परिवर्तनमा पनि उनीहरुले यहि कुराले घर गरिरहेको हुन्छ।उनीहरु व्यवस्था जसरी चलिरहेको छ त्यसरी नै चलिरहोस वा कुनै घटना विशेषलाई कुनै महत्त्व दिदैनन । उनीहरु आफैमा सिमित रहन्छन । ठुला ठुला अन्याय सहन तयार हुन्छन, तर समाजमा यस्ता पनि ब्यक्ति वा प्रवृत्ति रहन्छन । अन्याय अथवा कष्टबाट आफुपनी मुक्त हुन र अरुलाई पनि मुक्ती दिलाउन चाहान्छन । यस्तो स्थितिमा शासक ठेकेदार अभिजनहरु संग भिडन्त वा मुढभेडको लागि मार्गप्रश्स्त हुन्छ । यस्ता केहि सचेत ब्यक्तिले सर्वसाधारणको समर्थन बटुल्न सक्छन जव जनसमर्थन बढ्दै जान्छ, उत्साह थपिदै जान्छ क्रान्तिको बाटोमा अगाडी बढ्छन अर्कोतिर तिब्र गतिमा भइरहेको विकास एक्कासि रोकिदा पनि सफलता पुर्वक क्रान्ति सम्पन्न भएका थुप्रै ईतिहासहरु छन।


त्यसैले कहिलेकाँही क्रान्ती राजनीतिक परिवर्तनका लागि अपरिहार्य हुन जान्छ । त्यसैले विषम परिस्थितिमा पनि क्रान्तिको पक्षमा रहेको पाईन्छ । माक्सवादीहरु परिवर्तनलाई अर्को दृष्टिकोणले हेर्छन । उनीहरु आर्थिक व्यवस्थालाई राजनीतिक तथा राजनीतिक परिवर्तनको निर्णायक मान्दछन।आर्थिक शक्तिको रुपमा राजनीतिक शक्तिको प्रयोग आर्थिक हितको पक्षमा गर्छन । यसबाट बन्ने व्यवस्थामा धनी बर्गले गरिव बर्गलाई शोषण गर्दछ । यो शोषण दीर्घकालीन हुन पुग्दछ । त्यसबेला यस्तो स्थिति उत्पन्न हुन्छ जहाँ गरिव बर्गले धनी बर्गका विरुद्धमा क्रान्ति गर्दछन भन्ने माक्सबादी दृष्टिकोण छ । लेलिन र माओले क्रान्ति गर्छन वा गराईन्छ भन्ने मान्छन । त्यसैले क्रान्तिलाई माक्सबादिहरु विकासको एकचरणबाट अर्को चरणमा फड्को मार्ने उपायका रूपमा लिने गर्दछन ।कर्ण थापा

Ad

सम्बन्धित समाचारहरु

बीउ जोगाउदै पहाडी बाली अनुसन्धान कार्यक्रम

बीउ जोगाउदै पहाडी बाली अनुसन्धान कार्यक्रम

तरकारी फलफुलको मात्रै होइन अचेल अन्न अनाजमा पनि बर्णशंकर जातले खेतबारी भरिभराउ छ। परम्परादेखि खेतीगर्दै आएका जातको सट्टामा उन्नत (बर्णशंकर) जातको बीउ प्रयोगले उत्पादन बढ्ने हुँदा किसान पनि उन्नत जातमै आकर्षितछन्। तर,रैथाने जातको बीउ लगाएर खेतीगर्नु जति सजिलो छ,उन्नत जातको बीउमा छैन। रोग किराको प्रकोप धेरैहुने,मौसमी प्रतिकुलतासंग जुध्न नसक्ने देखि सिंचाई,मल र स्याहारसुसार समेत धेरै चाहिन्छ। यी सबै चुनौती हुँदा पनि उत्पादन बढाउनै पर्ने हुनाले उन्नत जातको बाली लगाउनु अहिलेको बाध्यता हो। यही बाध्यताले होला कतिपय तरकारी-फलफुल र अन्न-अनाजका रैथानी जातहरु हराउदै गएका छन्। हराउदै गएका त्यस्ता जातमा पहाडमा हुने बालीका जातहरु अन्यको तुलनामा झन् धेरै छन्।

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारले बजेट भाषण ल्याएको मिति : २०७८।२।१५ । सरकारले २०७८।७९ को बजेट भाषणमा ल्याएको महत्बपूर्ण निर्णय : २०८८ सालभित्र सम्पूर्ण डिजेल र पेट्रोलबाट चल्ने सार्बजनिक सबारी साधन बिस्थापन गरि बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने । चाहे त्यो निजी सबारी साधन होस् चाहे त्यो सार्बजनिक सबारी साधन होस् । चाहे त्यो सरकारी गाडी होस् चाहे त्यो सँस्थाको गाडी होस् । २०८८ सालसम्म सरकारले सम्पृर्ण डिजेल र पे्रट्रेलबाट चल्ने गाडी बिस्थापन गरि बिधृतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने भनि राजपत्रमा निकालको थियो भने रातो किताबमा छापेको थियो । नेपाल एक यस्तो राष्ट्र हो जहाँ कुनै पनि डिजेल र पे्रट्रोलको खानी छैन् । डिजेल र पेट्रोल बाहिर राष्ट्रबाट आयात गर्नुपर्छ । जसले गर्दा हामी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले खाईनखाई कमाएको पैसा अरु राष्ट्रमा पुगेको छ । यदि सरकारले बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने हो भने हाम्रो राष्ट्रको मृद्रा हाम्रो राष्ट्रमै रहन्थ्यो । २०७२।६।३ गते नेपालको अन्तरिम सँबिधान २०७२ जारी भएको भयो ।

Ad

प्रतिक्रिया दिनुहोस