Namaste Icon
Ad
Ad

शहिदलाई सम्झिएर भावुक हुँदै विप्लवले भने, 'यो सहमतिका पछाडि हाम्रो महान आकांक्षा छ'

शहिदलाई सम्झिएर भावुक हुँदै विप्लवले भने, 'यो सहमतिका पछाडि हाम्रो महान आकांक्षा छ'

काठमाडाैं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले तीन बुँदे सहमतिका पछाडि आफ्ना महान आकांक्षा रहेको बताएका छन् । शुक्रबार राष्ट्रियसभामा आयोजित हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले आफुहरुको सुन्दर नेपाल बनाउने आकाँक्षा रहेको बताएका हुन् । ‘यो सहमतिका पछाडि हाम्रो महान आकांक्षा छ । नेपाललाई सुन्दर नेपाल बनाउने आकाँक्षा छ । जनताको समृद्धिको आकांक्षा पूरा गर्नुछ’, उनले भने, ‘हाम्रो जीवन बलिदान गर्छौँ, सहिदको सपना मर्न दिँदैनौँ।’

अहिले पनि नेपालमा मजदूरहरुको अवस्था कमजोर रहेको उल्लेख गर्दै उनले नेपालमा अहिले पनि कसैले सुरक्षित अनुभूत गर्नसक्ने अवस्था नरहेको बताए । उनले देशमा फर्केपछि फेरि विदेश फर्कन नपरोस् भन्ने चाहना नेपाली जनतामा रहेको पनि बताए।

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच सम्पन्न सहमितमा शुक्रबार हस्ताक्षर भएको छ । सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट खड्ग विश्वकर्माले हस्ताक्षर गरेका हुन्।

Ad

सम्बन्धित समाचारहरु

२०४७ सालको संविधान पुनः स्थापनाको विकल्प छैन : महतो

२०४७ सालको संविधान पुनः स्थापनाको विकल्प छैन : महतो

काठमाडौं । देशमा अहिले २०४७ सालको संविधान ‘नेपाल अधिराज्यको संविधान २०४७’ आवश्यक रहेको किशोरी महत्तोले बताएका छ्न । राजधानीमा पत्रकार सम्मेलन कार्यक्रम गरेर २०४७ सालको संविधान पुनः स्थापना हाम्रो अभियानका प्रमुख संयोजक रहेका महत्तोले २०७२ सालको संविधान मरिसकेको आरोप लगाउदै अब २०४७ सालको संविधान पुनः स्थापनाको विकल्प नरहेको बताएका हुन । त्यस्तै, उनले गणतन्त्रको अन्त्य भएकोले राजसँस्थाका लागि बाटो खुला भएको बताए । नेपालको संविधान २०७२ ले काम गर्न नसक्ने र अहिले २०७२ को संविधान लेख्नेहरु नै पछुताई रहेको प्रमुख संयोजक महत्तोले दाबी गरे । त्यस्तै, महत्तोले २०७२ को संविधानलाई संविधान लेख्नेले नै ब्लत्कार गरेको आरोप लगाए ।

सिंहदरबारको रत्यौली देशका आठ ठाउँमा पुग्यो : चित्रबहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताका कारण सिंहदरबारभित्रको किनबेच अहिले देशका आठ ठाउँमा पुगेको बताएका छन । नयाँ बानेश्वरको संसद भवनभित्र चल्ने रत्यौली अहिले धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर हेटौँडा, र विराटनगर पुगेको बताएका हुन । मंगलबार बुटवलमा राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले लेनिनको शब्द सापटी लिँदै संसदलाई ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो’ को संज्ञा दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad