Namaste Icon
Ad
Ad

सहिद परिवार भेटघाट गर्दै संगठन निर्माणमा नेकपा : ईन्चार्ज सन्जिव

सहिद परिवार भेटघाट गर्दै संगठन निर्माणमा नेकपा : ईन्चार्ज सन्जिव

खगेन्द्र हमाल, सुर्खेत । नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यतिबेला देशव्यापीरुपमा आफ्नो संगठन बिस्तारलाई तीव्रता दिएको छ।यतिबेला विप्लव निकटका नेकपाका नेता कार्यकर्ताहरु संगठन निर्माण र विभिन्न राजनीतिक समसामयिक एजेन्डामा आधारित रहेर पार्टीका रणनैतिक कार्यक्रमहरुलाई अगाडी बढाएका छन ।

नेत्र बिक्रमचन्द विप्लव निकटको नेपाल कम्युनिस्ट पार्टी नेकपा सुर्खेतका जिल्ला सदस्य तथा चिङ्गाड गापाका ईन्चार्ज सञ्जीव खड्काले गाउँपालिका भित्रका सबै सहिद परिवारहरु संग भेटघाट तथा संघसंगठन निर्माणका कार्यहरुलाई अगाडी बढाईएको बताए । दश बर्षीय जनयुद्धमा राष्ट्रको लागि आफ्नो बलिदान दिने सम्पुर्ण सहिदहरुलाई स्मरण गर्दै सहिदको सपना ज्युदै भएकाले त्यो सपनालाई पूरा गर्ने पार्टीको लक्ष्य सहिद परिवारहरुसङ्ग भेटघाट गरिएको ईन्चार्ज सन्जिव खड्काले जानकारी दिए।

आगामी दिनहरुमा पार्टीको निर्देशन अनुसार कार्यक्रमहरु अगाडि बढाउने, सहिद परिवारको उचित सम्मान गर्ने, घाइते तथा उत्पीडित जाती बर्ग समुदायहरुलाई समेट्ने गरि राष्ट्रियता, आर्थिक क्रान्ति हुँदै बैज्ञानिक समाजबादको कार्यदिशा भित्र गोलबन्द गरि समुनत नेपालको निर्माण गर्नमा बिशेश जोड दिने बताए।सरकारले गत फागुन २८ गते नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धलाई हटाएर शान्तिपुर्ण राजनीतिक गतिविधि गर्न पाउने विप्लव र नेपाल सरकारसंग सहमति भएको छ । दुवैपक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउने र सरकारका तर्फबाट पार्टीका नेताकार्यकर्ता रिहाइलगायत तीनबूँदे सहमति भएको हो ।

Ad

सम्बन्धित समाचारहरु

कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिन्छ: अध्यक्ष पुन

काठमाडौं । नेपालका कारागारमा क्षेमताभन्दा चारगुणा बढी कैदीहरु राखिने गरेको मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालकी अध्यक्ष कोकिला पुनले बताएकी छन । उक्त संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय शंकरकुमार केसीको फोटोमा माल्यार्पण गर्दै अध्यक्ष पुनले कारागारहरुमा क्षमता बढी र अव्यवस्थित तरिकाले कैदीहरु राख्ने गरेको बताएकी हुन ।

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

ललितपुर । गोदावरीमा महिला उद्यमशिलता विकास गरिने भएको छ । नगरपालिका र गोदावरी उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा यस क्षेत्रका महिलालाई अघि बढाएर समृद्ध नगरपालिका निर्माणका लागि उक्त काम गर्न लागिएको हो । चालु आर्थिक वर्षको बाँकी तीन महिना अवधिमा उद्यम गर्न इच्छुक महिला खोजेर उनीहरुको रुची अनुसारका काम गर्न प्रेरणा दिइने नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, सवल, सक्षम र समृद्ध नगरपालिका बनाउन यी तत्व पनि आवश्यक रहनाका साथै एक उद्यमीले अर्का एक सय व्यक्तिलाई रोजगार दिन सक्छ भन्ने विश्वासका साथ यस काम अघि बढाउन लागेका हौं । उद्यम गर्न चाहने महिला जस्को आर्थिक अवस्था कम्जोर छ सो का हितमा कोष समेत खडा गर्नेतर्फ ध्यान दिइने भएको महर्जनले जानकारी गराए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad