Namaste Icon
Ad
Ad

भारतकाे नोयडामा बस दुर्घटना : चार नेपालीको मृत्यु

भारतकाे  नोयडामा  बस दुर्घटना : चार नेपालीको मृत्यु

दैलेख । भारतमा बस दुर्घटना हुँदा दैलेखका ४ जना नेपालीको मृत्यु भएको छ । मुत्यु हुनेमा दुल्लू नगरपालिका १३ खर्चेगरा भीमबहादुर रावल, श्रीमती बुद्धि रावल र भतिज टोपेन्द्र रावल हुन् । दुर्घटनामा दुल्लु नगरपालिका–१३ तोलीपानीका तिलक घर्तीको पनि मृत्यु भएको भीमका भाई महेन्द्र रावलले जानकारी दिए । रावलकाअनुसार दुर्घटनामा भीमबहादुरका छोरा प्रकाश रावल गम्भीर घाइते छन् ।

उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भारतको मुम्बईमा रोजगारीका गएका रावल नेपाली नेपाल फर्कदै थिए । उक्त दुर्घटनामा अन्य नेपालीहरु पनि रहेको र उनको पहिचान नखुलेको महेन्द्रले बताए । रुपैडियातर्फ आउँदै गरेको बस भारतको उत्तरप्रदेशको ग्रेटर नोयडामा दुर्घटना भएको हो ।

Ad

सम्बन्धित समाचारहरु

मानवअधिकार उलङ्घनका घटनाप्रति एमनेस्टी चिन्तित

मानवअधिकार उलङ्घनका घटनाप्रति एमनेस्टी चिन्तित

काठमाडौं । सन् २०२० मा मानवअधिकार उलङ्घनका घटना बढेकोप्रति एमनेस्टी इन्टरनेशनलले चिन्ता व्यक्त गरेको छ । सन् २०२० मा मानवअधिकारका घटनासम्बन्धी आज वार्षिक प्रतिवेदन सार्वजनिक प्रतिवेदनमा सरकारले मानवअधिकार हनन्का घटनाका दोषीलाई प्रभावकारी कारबाहीको दायरामा ल्याउन नसकेको उल्लेख गरिएको छ । एक सय ४९ देशको मानवअधिकारको अवस्थालाई समेटेर प्रतिवेदन तयार गरिएको हो । प्रतिवेदनमा नेपालमा राज्यपक्षबाट भएका मानवअधिकार उलङ्घनका केही गम्भीर घटनालाई पनि उजागर गरिएको छ । प्रतिवेदनअनुसार नेपालमा गोपनीयताको अधिकार, भेला हुने र अभिव्यक्ति स्वतन्त्रतालगायतका सन्दर्भमा सरकारले मानवअधिकारको विश्वव्यापी मान्यता र सिद्धान्तविपरीत काम गरेको आरोप लगाइएको छ ।

चीनले उपलब्ध गराएको खोप ‘भेरोसेल’ लगाउन सुरु

चीनले उपलब्ध गराएको खोप ‘भेरोसेल’ लगाउन सुरु

काठमाडौं । सरकारले बुधबार (आज) बाट चीनको अनुदानमा प्राप्त ८ लाख डोज कोभिडविरुद्धको खोप ‘भेरोसेल’ लगाउन शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो खोप १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइने जनाएको छ । बुधबार काठमाडौंको बानेश्वरस्थीत नागरिक अस्पतालमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोनोबिरुद्धको खोप हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणपछि उक्त खोप लगाउन सुरु गरिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad