Namaste Icon
Ad
Ad

प्रदेश २ का प्रमुख डा.अहिराजद्वारा छिन्चुमा घाइते चालकको उद्धार

प्रदेश २ का प्रमुख डा.अहिराजद्वारा छिन्चुमा घाइते चालकको उद्धार

खगेन्द्र हमाल, सुर्खेत । कर्णाली प्रदेशको भ्रमणमा रहेका प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले एउटा अर्काे उदाहरणीय काम गरेका छन । प्रमुख अहिराजले सुर्खेतको छिन्चुमा दुर्घटनाग्रस्त अवस्थामा छट्पटाईरहेका गाडीका चालकलाई उद्धार गरि निज चालकलाई अस्पताल सम्म पुर्याईएको प्रमुख अहिराजले जानकारी दिए ।

कर्णाली प्रदेशका प्रमुखसँग भेट गरी फर्कने क्रममा सुर्खेतको छिन्चुमा जिप दुर्घटना भएको र दुर्घटनामा सवारी चालकलाई गम्भीर घाइते भएर छटपटाइरहेको देख्दा प्रमुख अहिराजले आफ्नो गाडी साईडमा रोकेर चालकको उद्धार गरी अस्पताल पुर्याएका थिए।घाइते चालकलाई तत्काल उद्धार गरी अस्पताल पुर्याएपछि यतिबेला चालकको अवस्था खतरामुक्त रहेको प्रमुख अहिराजले बताए ।

ट्राफिक प्रहरी सुरेन्द्र रेग्मीका अनुसार जिप दुर्घटनाभइ सडकभन्दा तल खसेको र चालक घाइते भएर छटपटाइरहेका बेला प्रदेश प्रमुख अहिराजले उनलाई उद्धार गरी अस्पताल पुर्याउन सहयोग गरेका बताए । यसअघि पनि प्रमुख डा. अहिराजले पूर्वपश्चिम राजमार्गको चन्द्रपुर पथलैया खण्डमा सवारी दुर्घटनामा परी घाइते भइ सडकमा छटपटाइरहेका चार जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्याएका थिए । उनको कामको धेरैले प्रशंसा गरेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिन्छ: अध्यक्ष पुन

काठमाडौं । नेपालका कारागारमा क्षेमताभन्दा चारगुणा बढी कैदीहरु राखिने गरेको मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालकी अध्यक्ष कोकिला पुनले बताएकी छन । उक्त संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय शंकरकुमार केसीको फोटोमा माल्यार्पण गर्दै अध्यक्ष पुनले कारागारहरुमा क्षमता बढी र अव्यवस्थित तरिकाले कैदीहरु राख्ने गरेको बताएकी हुन ।

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

ललितपुर । गोदावरीमा महिला उद्यमशिलता विकास गरिने भएको छ । नगरपालिका र गोदावरी उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा यस क्षेत्रका महिलालाई अघि बढाएर समृद्ध नगरपालिका निर्माणका लागि उक्त काम गर्न लागिएको हो । चालु आर्थिक वर्षको बाँकी तीन महिना अवधिमा उद्यम गर्न इच्छुक महिला खोजेर उनीहरुको रुची अनुसारका काम गर्न प्रेरणा दिइने नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, सवल, सक्षम र समृद्ध नगरपालिका बनाउन यी तत्व पनि आवश्यक रहनाका साथै एक उद्यमीले अर्का एक सय व्यक्तिलाई रोजगार दिन सक्छ भन्ने विश्वासका साथ यस काम अघि बढाउन लागेका हौं । उद्यम गर्न चाहने महिला जस्को आर्थिक अवस्था कम्जोर छ सो का हितमा कोष समेत खडा गर्नेतर्फ ध्यान दिइने भएको महर्जनले जानकारी गराए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad