Namaste Icon
Ad
Ad

ललितपुर महानगरमा सञ्चालित निशुल्क शिविरबाट ७ सय जना लाभान्वित

ललितपुर महानगरमा सञ्चालित निशुल्क शिविरबाट ७ सय जना लाभान्वित

ललितपुर । लगातार ६ सातासम्म सञ्चालित बृहत निशुल्क स्वास्थ्य शिविरमा करिब ७ सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् । ललितपुर महानगरपालिका– १६ ले अरनिको समाजसंग मिलेर माघ १७ देखि फागुण २२ गते शनिबारसम्म प्रत्येक साता वडाका विभिन्न स्थानमा सञ्चालित शिविरबाट सो संख्यामा मानिसहरु लाभान्वित भएका हुन् । शनिबार ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी सञ्चालित शिविरमा ९० वर्ष नाघेका तीन जनासहित १ सय ६० जना लाभान्वित भएको वडाका सदस्य एवं ज्येष्ठ नागरिक समितिका संयोजक पञ्चबज्र बज्राचार्यले जानकारी दिए । मधुमेह, पिसाब, पेट तथा कलेजो, र जनरल रोगको हिजो जाँच गरिएको थियो ।

कोरोना संक्रमण तीब्र गतिले फैलिरहेको बेला नियमित स्वास्थ्य परीक्षण गराउन नसकेका स्थानीयहरु शिविरबाट बढीभन्दा बढी लाभ लिएको पाइएको अरनिको समाजका अध्यक्ष डा सर्वोत्तम श्रेष्ठले जानकारी दिए । गत वर्ष चैत्र ११ देखि शुरु भएको लकडाउन, त्यसपछिको निषेधाज्ञा र कोरोनाको संक्रमण हुने डरले अस्पताल, स्वास्थ्य क्लिनिकमा गएर जँचाउने मानिसहरुको संख्यामा कमी आएको थियो ।

त्यसमा पनि विशेषतः बालबालिका र ज्येष्ठ नागरिकहरु घरबाटै निस्किएको थिएन। यस्तो अवस्थामा आफ्नै घर, आगँनमा लगातार शिविर सञ्चालन समयको माग र आवश्यकता सिद्ध भएको पनि वरिष्ठ नशारोग विशेषज्ञ समेत रहनुभएका समाजका अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । शिविरबाट मानिसहरुले आफूलाई रोग बारे सामान्य जानकार, थप उपचारको चिकित्सकहरुबाट आवश्यक सल्लाह सुझाव पाएको पनि डा अमितमणी उपाध्यायले बताए ।

स्वास्थ्य सेवामा सबैको सहज पहुँच र आर्थिक स्तर कमजोर भएका व्यक्तिहरुलाई लक्षित गरी वडाले स्वास्थ्य शिविर सञ्चालन गरेको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताए । अरनिको समाजमा आबद्ध चिकित्सकहरुसंग एकदिन भेटघाट हुँदा अहिले शिविरको खाँचो रहेको कुरा उठेको थियो र त्यसपछि वडा समितिको बैठक बसेर शिविर सञ्चालन गर्ने निर्णय भएको उनले बताए । स्वास्थ्य सेवालाई जनमुखी बनाउन महानगरपालिकाले पहल गर्नुपर्ने पनि वडाअध्यक्ष शाक्यको जोड रहेको छ ।

गत माघ १७ गते मंगलबजारमा भएको पहिलो शिविरमा नशा तथा हाडजोर्नीको परीक्षण गरिएको थियो । दोस्रो माघ २४ गते बुबहालमा मुटु रोग सम्बन्धी, तेस्रो फागुण १ गते बालिफल (अशोक हलमा) बाल तथा छाला रोग सम्बन्धी र चौथो फागुण ८ गते नागबहालमा स्त्रीरोग सम्बन्धी शिविर भएको थियो । पाँचौ फागुण १५ गते दौबहालमा पेट तथा कलेजो सम्बन्धी शिविर सञ्चालन गरिएको थियो । शिविरमा आवश्यकता अनुसार अल्टासाउण्डबाट जाँच पनि गरिएको थियो ।

प्रत्येक शिविरमा आवश्यकता अनुसार निशुल्क औषधी वितरण गरिएको र ४५ वर्ष नाघेका ३० जना महिलाहरुको पायप्स्मेर परीक्षण गरिएको समाजका महासचिव डा सुशील प्रजापतिले जानकारी दिए ।अभियानकै रुपमा ललितपुरको ‘कोर सिटी’ मा लगातार स्वास्थ्य शिविर सञ्चालन भएको यो नै पहिलो पटक रहेको वडा र सम्बद्ध चिकित्सकहरुले दाबी गरेको छ ।

शिविरको समापन समारोहमा त्यसको सफलताका लागि सहयोग गर्ने चिकित्सक, नर्स, औषधी व्यवसायी, वडाको स्वास्थ्य कार्यान्वयन समिति महापाल र धौैगलका स्वास्थ्य सेवक, व्यवस्थापन सहयोगी युवा स्वयंसेवक र सञ्चारकर्मीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियोे । सो अवसरमा वडाका वडा सदस्य एवं ललितपुर महानगरपालिकाका कार्यपालिका सदस्य सुप्रभा शाक्यले शिविरको सफलताको लागि विभिन्न पक्षहरुसंगै स्वास्थ्य स्वयं सेवक महिलाहरुको ज्ञान, अनुभव र सक्रियता पनि निकै महत्वपूर्ण भएको धारणा राखे ।

Ad

सम्बन्धित समाचारहरु

कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिन्छ: अध्यक्ष पुन

काठमाडौं । नेपालका कारागारमा क्षेमताभन्दा चारगुणा बढी कैदीहरु राखिने गरेको मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालकी अध्यक्ष कोकिला पुनले बताएकी छन । उक्त संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय शंकरकुमार केसीको फोटोमा माल्यार्पण गर्दै अध्यक्ष पुनले कारागारहरुमा क्षमता बढी र अव्यवस्थित तरिकाले कैदीहरु राख्ने गरेको बताएकी हुन ।

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

ललितपुर । गोदावरीमा महिला उद्यमशिलता विकास गरिने भएको छ । नगरपालिका र गोदावरी उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा यस क्षेत्रका महिलालाई अघि बढाएर समृद्ध नगरपालिका निर्माणका लागि उक्त काम गर्न लागिएको हो । चालु आर्थिक वर्षको बाँकी तीन महिना अवधिमा उद्यम गर्न इच्छुक महिला खोजेर उनीहरुको रुची अनुसारका काम गर्न प्रेरणा दिइने नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, सवल, सक्षम र समृद्ध नगरपालिका बनाउन यी तत्व पनि आवश्यक रहनाका साथै एक उद्यमीले अर्का एक सय व्यक्तिलाई रोजगार दिन सक्छ भन्ने विश्वासका साथ यस काम अघि बढाउन लागेका हौं । उद्यम गर्न चाहने महिला जस्को आर्थिक अवस्था कम्जोर छ सो का हितमा कोष समेत खडा गर्नेतर्फ ध्यान दिइने भएको महर्जनले जानकारी गराए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad