Namaste Icon
Ad
Ad

सुर्खेतमा केम्पो खुकुरी संघ गठन, २८ गते कर्णाली प्रदेश स्तरीय भेला हुने

सुर्खेतमा केम्पो खुकुरी संघ गठन, २८ गते कर्णाली प्रदेश स्तरीय भेला हुने

नन्दु खनाल, सुर्खेत । नेपाल केम्पो खुकुरी मार्शल आर्ट सघं गठन भएको छ । शनिबार विरेन्द्रनगरमा आयोजित भेलामा प्रेम चौधरीको अध्यक्षतामा संघ गठन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्षमा बिरेन्द्र रिमाल, उपाध्यक्षमा भिम रावल, सचिवमा इश्वर शाही र कोषाध्यक्षमा गोपाल परियारलाई जिम्मेवारी दिईएको छ ।

संघको सदस्यमा प्रतीक शाही, निकिता शाही, न्ज्रुता कोइराला, भिम गुरुङ, ईश्वर बिष्ट, प्रतीक शाही (लोकराज) राज बहादुर बुढा र लोकेन्द्र परियार सर्वसम्मतले चयन भएका छन । कार्यक्रम नेपाल केम्पो खुकुरी मार्शल आट् संघ कर्णाली प्रदेश कमिटी सचिव लालमणी धमालाको अध्यक्षतामा र संघका केन्द्रिय उपाध्यक्ष गोरख शाहीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला खेलकुद कार्यालयका कार्यालय प्रमुख राम वलि, रेफ्री अमर चन्द, चौकुने युवा तथा खेलकुद विकास समितिका सचिव धनिराम धमाला लगाएको उपस्थित रहेको थियो । नेपाल केम्पो खुकुरी मार्शल आट्ले यहि फाल्गुन २८ गते कर्णाली प्रदेश स्तरीय भेला बिरेन्द्रनगरमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ । संघले कर्णाली प्रदेश भरी आफ्नो कमिटी बिस्तार गरि खेलकुदको विकासमा लाग्ने लक्ष्य राखेको छ ।

Ad

सम्बन्धित समाचारहरु

कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिन्छ: अध्यक्ष पुन

काठमाडौं । नेपालका कारागारमा क्षेमताभन्दा चारगुणा बढी कैदीहरु राखिने गरेको मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालकी अध्यक्ष कोकिला पुनले बताएकी छन । उक्त संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय शंकरकुमार केसीको फोटोमा माल्यार्पण गर्दै अध्यक्ष पुनले कारागारहरुमा क्षमता बढी र अव्यवस्थित तरिकाले कैदीहरु राख्ने गरेको बताएकी हुन ।

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

ललितपुर । गोदावरीमा महिला उद्यमशिलता विकास गरिने भएको छ । नगरपालिका र गोदावरी उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा यस क्षेत्रका महिलालाई अघि बढाएर समृद्ध नगरपालिका निर्माणका लागि उक्त काम गर्न लागिएको हो । चालु आर्थिक वर्षको बाँकी तीन महिना अवधिमा उद्यम गर्न इच्छुक महिला खोजेर उनीहरुको रुची अनुसारका काम गर्न प्रेरणा दिइने नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, सवल, सक्षम र समृद्ध नगरपालिका बनाउन यी तत्व पनि आवश्यक रहनाका साथै एक उद्यमीले अर्का एक सय व्यक्तिलाई रोजगार दिन सक्छ भन्ने विश्वासका साथ यस काम अघि बढाउन लागेका हौं । उद्यम गर्न चाहने महिला जस्को आर्थिक अवस्था कम्जोर छ सो का हितमा कोष समेत खडा गर्नेतर्फ ध्यान दिइने भएको महर्जनले जानकारी गराए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad