Namaste Icon
Ad
Ad

दार्चुलामा जीप दुर्घटना, ३ जनाको ज्यान गयो

दार्चुलामा जीप दुर्घटना, ३ जनाको ज्यान गयो

दार्चुला। जिल्लाको गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड अन्तरगत उचाकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा चालक करन नाथ, गाडीधनी पदम पन्त र पन्तकी आमा सुनादेवी पन्त रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहरप्रसाद भट्टले जानकारी दिए। गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको बा ३ ज १६९३ नम्बरको नयाँ जीप लेकम गाउँपालिका वडा नम्बर ६ उचाकोट बन्स्याडीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो।

जीपमा सवार अरु चारजना घाइते रहेको स्थानीय रमेश धामीले बताए। बुद्धिपल्लब पन्त, गंगा पन्त, मुकेस पन्त र बसन्त पन्त घाइते भएका हुन्। सडकबाट झण्डै डेढ सय मिटर तल खसेको जीप क्षत विक्षत भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

स्थानीय र प्रहरीको सहयोगमा उद्धारमा सहयोग गरेका छन्। घाइतेहरुलाई उद्धार गरी गोकुलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Ad

सम्बन्धित समाचारहरु

कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिन्छ: अध्यक्ष पुन

काठमाडौं । नेपालका कारागारमा क्षेमताभन्दा चारगुणा बढी कैदीहरु राखिने गरेको मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालकी अध्यक्ष कोकिला पुनले बताएकी छन । उक्त संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय शंकरकुमार केसीको फोटोमा माल्यार्पण गर्दै अध्यक्ष पुनले कारागारहरुमा क्षमता बढी र अव्यवस्थित तरिकाले कैदीहरु राख्ने गरेको बताएकी हुन ।

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

ललितपुर । गोदावरीमा महिला उद्यमशिलता विकास गरिने भएको छ । नगरपालिका र गोदावरी उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा यस क्षेत्रका महिलालाई अघि बढाएर समृद्ध नगरपालिका निर्माणका लागि उक्त काम गर्न लागिएको हो । चालु आर्थिक वर्षको बाँकी तीन महिना अवधिमा उद्यम गर्न इच्छुक महिला खोजेर उनीहरुको रुची अनुसारका काम गर्न प्रेरणा दिइने नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, सवल, सक्षम र समृद्ध नगरपालिका बनाउन यी तत्व पनि आवश्यक रहनाका साथै एक उद्यमीले अर्का एक सय व्यक्तिलाई रोजगार दिन सक्छ भन्ने विश्वासका साथ यस काम अघि बढाउन लागेका हौं । उद्यम गर्न चाहने महिला जस्को आर्थिक अवस्था कम्जोर छ सो का हितमा कोष समेत खडा गर्नेतर्फ ध्यान दिइने भएको महर्जनले जानकारी गराए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad