Namaste Icon
Ad
Ad

व्यवसायीको हकहितको लागि राज्य उदासीन भएको गुनासो

व्यवसायीको हकहितको लागि राज्य उदासीन भएको गुनासो

लक्ष्मण दुलाल,काठमाडौँ। वि.सं.२०५८ सालमा स्थापित वितरक व्यवसायीहरुको छाता संगठन नेपाल बितरक संघको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

२० औँ वार्षिक साधारण सभासम्म आइपुग्दा संघले धेरै आरोह अवरोह पार गदै वितरकहरुको हकहितका लागि अगाडी भन्दै संघकाअध्यक्ष राजेन्द्र सिम्खडाले विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड)को समयमा पनि उपभोक्तालाई सेवा प्रदान गरिरहेको बताए। साथै व्यवसायीहरुको हकहितको लागि राज्यले कुनै पनि खालको सहयोग नगरेको उनको गुनासो छ ।

वितरकहरुलाई बैङ्क तथा वित्तिय संस्थाले बजारमा कारोबार नभएको अवस्थामा लकडाउनको समयमा ऋणकोे ब्याज तथा हर्जना लिएकोमा गुनासो व्यक्त गदै उनले विषम समेत परिस्थितिमा पनि राज्यले भनेका स्वाथ्स्य मापदण्ड अपनाउदै बजारमा वितरकहरुले काम गदै आएको बताए । उनले बितरकहरुलाई नयाँ सुचना प्रविधिको प्रयोग गदै व्यवस्थित रुपमा आफनो कारोबारलाई अगाडी बढाउन सिम्खडाले वितरकहरुलाई आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग बाणिज्य महासंघ जिल्ला नगरका उपाध्यक्ष दिनेश श्रेष्ठले बितरकहरुले आयातित र उद्योगबाट उत्पादित वस्तुहरुलाई वितरकले बजार सम्म लगेर राज्यको अर्थतत्रमा ठुलो योगदान गरेको बताए । उनले राज्यलाई धेरै कर तिर्ने काम गरेको जानकारी दिए । राज्यले साना व्यवसायीहरु सँग अनुुगमन गर्नु भन्दा उद्योगधन्दा र भन्सारमा अनुगमन गरेको खण्डमा बजार व्यवस्थित हुने कुरालाई जोड दिए ।

भक्तपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्ण मुराहरी न्यौपानेले नेपालमा राजतन्त्र,गणतन्त्र र लोकतन्त्रसम्म आइपुग्दा पनि अर्थतन्त्रको विकास नभएकोमा गुनासो व्यक्त गदै आर्थिक समृद्धिको विकास गर्न वितरकहरुको महत्वपूर्ण योगदान रहेको चर्चा गदै आन्तरीक रुपमा प्रतिष्पर्धा नगरी बजारमा आएका समस्याको समाधान गर्न वितरकहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।

नेपाल खुद्रा व्यावसायी संघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले वितरक र व्यापारीको सम्बन्ध नङ र मासुको जस्तो भएकाले मुल्य बढदा उपभोक्त्ताले खुद्रा व्यापारीलाई मुल्य बडाएर लिएको आरोप लगाउने भएकाले यस तर्फपनि सम्बन्धित उद्योग तथा आयातित कम्पनीहरुको ध्यान केन्द्रित गराउने काम वितरकको रहेको बताए ।

नेपाल वितरक संघका पुर्व अध्यक्ष तथा आयात कता संघका उपाध्यक्ष एस.पि डकालले वितरकहरु दुई ढुङगा बिचको तरुलका रुपमा काम गदै आएको प्रष्ट पादै विगतका समयमा वितरकका कुरा सुन्ने संघसंस्था नभएको र वर्तमान समयमा धेरै संघसंस्थाहरुले वितरकका बारेमा समस्या बुझने भएकाले वितरक व्यवसायीहरु उत्साहित भएर बजारमा काम गर्न आग्रह गरे । उनले आयातीत सामानहरुमा इम्पोटरहरुमा समस्या परेको खण्डमा आयातकर्ता संघले सहयोग गर्ने बताए ।

नेपाल वितरक संघका संस्थापक अध्यक्ष गोपाल रिजालले सुरुवाती चरणमा अठार बीस जना आबद्ध भएको संघ वर्तमान समयमा करिब पाँच सय जना भन्दा बढी वितरकहरु आबद्ध भएकोमा खुसी व्यक्त गरे । उनले २० औँ वर्षमा आइपुग्दा वर्तमान कार्य समितिले आफलाई सम्मान गरेकोमा वर्तमान कार्यसमितिप्रति कृतज्ञ व्यक्त गरे ।

साधारण सभाले लामो समय सम्म कार्यसमितिमा रहेका पदाधिकारीहरु तथा उद्योग बाणिज्य महाँसंघमा निर्वाचित वितरक संघका सल्लाहकार तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरेको थियो । सभामा ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछै, ललितपुर चेम्बरका अध्यक्ष पुष्परत्न शाक्य,बागमती प्रदेश उद्योग वाणिज्य महाँसंघका उपाध्यक्ष दुर्गाराज श्रेष्ठ लगायतका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सभामा टाटा मोटरको नयाँ गाडी उद्योग वाणिज्य महाँसंघ जिल्ला नगरका उपाध्यक्ष र टाटा मोटरका एरिया म्यानेजर टुसार गुप्ताले गाडीको लन्च गरेका थिए । सभामा विभिन्न कम्पनीका नयाँ वस्तुहरुको लन्च गर्नुका साथै स्टलहरु पनि .राखिएको थियो ।

Ad

सम्बन्धित समाचारहरु

साल्ट ट्रेडिङले २५ प्रतिशत लाभांश दिने

साल्ट ट्रेडिङले २५ प्रतिशत लाभांश दिने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले २५ प्रतिशत लाभांश दिने भएको छ। सोमबार ४ बजे बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको कम्पनी सचिव उमेश ओझाले जानकारी दिए ।

कृषि विकास बैंकको सञ्‍चालक सदस्यमा दीर्घराज मैनाली

कृषि विकास बैंकको सञ्‍चालक सदस्यमा दीर्घराज मैनाली

काठमाडौं । कृषि विकास बैंकको सञ्‍चालक सदस्यमा अर्थ मन्‍त्रालयका सहसचिव दीर्घराज मैनाली मनोनयन भएका छन् । चैत १६ मा अर्थमन्‍त्री विष्णु पौडेलले उनलाई मनोनयन गर्ने निर्णय गरेका हुन् । मैनालीले २२ गते पद तथा गोपनियताको सपथ लिएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad