Namaste Icon
Ad
Ad

वैद्यसँग विप्लवले राखे यस्ताे प्रस्ताव

वैद्यसँग विप्लवले राखे यस्ताे प्रस्ताव

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले नेकपा क्रान्तिकारी (माओवादी)का महासचिव मोहन वैद्य‘किरण’लाई जनमत संग्रहको प्रस्ताव राखेका छन्। शनिवार ललितपुरको कुपण्डोलमा रहेको क्रान्तिकारी माओवादीको नेवा राज्य कार्यालयमा चार रणनीतिक मोर्चाको बैठकमा विप्लवले बैद्यलाई जनमत संग्रहको प्रस्ताव राखेका हुन्।

विप्लवले अहिलेको दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था हुने भनेर जनमत संग्रह गर्नुपर्ने प्रस्ताव राखेपछि वैद्यले ठाडै अस्वीकार गरेको नेकपा अध्यक्ष ऋषिराम कट्टेलले बताए। ‘हामीले दलाल संसदीय व्यवस्था ठिक कि बैज्ञानिक समाजवादी भनेर जनमत संग्रह गर्न खोजेका छौ । यो कस्तो हुन्छ भनेर विप्लव जीले मोर्चाको बैठकमा प्रस्ताव राख्नुभयो,’ बैठकमा सहभागी कट्टेलले भने, ‘वैद्य कमरेडले त्यस्ता विषयमा जनमत संग्रह गर्नु सैद्धान्तिक, राजनीतिक र व्यवहारिक रुपमा पनि ठिक हुदैन । त्यतातिर लाग्नु उचित होइन भन्नुभयाे।’

Ad

सम्बन्धित समाचारहरु

२०४७ सालको संविधान पुनः स्थापनाको विकल्प छैन : महतो

२०४७ सालको संविधान पुनः स्थापनाको विकल्प छैन : महतो

काठमाडौं । देशमा अहिले २०४७ सालको संविधान ‘नेपाल अधिराज्यको संविधान २०४७’ आवश्यक रहेको किशोरी महत्तोले बताएका छ्न । राजधानीमा पत्रकार सम्मेलन कार्यक्रम गरेर २०४७ सालको संविधान पुनः स्थापना हाम्रो अभियानका प्रमुख संयोजक रहेका महत्तोले २०७२ सालको संविधान मरिसकेको आरोप लगाउदै अब २०४७ सालको संविधान पुनः स्थापनाको विकल्प नरहेको बताएका हुन । त्यस्तै, उनले गणतन्त्रको अन्त्य भएकोले राजसँस्थाका लागि बाटो खुला भएको बताए । नेपालको संविधान २०७२ ले काम गर्न नसक्ने र अहिले २०७२ को संविधान लेख्नेहरु नै पछुताई रहेको प्रमुख संयोजक महत्तोले दाबी गरे । त्यस्तै, महत्तोले २०७२ को संविधानलाई संविधान लेख्नेले नै ब्लत्कार गरेको आरोप लगाए ।

सिंहदरबारको रत्यौली देशका आठ ठाउँमा पुग्यो : चित्रबहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताका कारण सिंहदरबारभित्रको किनबेच अहिले देशका आठ ठाउँमा पुगेको बताएका छन । नयाँ बानेश्वरको संसद भवनभित्र चल्ने रत्यौली अहिले धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर हेटौँडा, र विराटनगर पुगेको बताएका हुन । मंगलबार बुटवलमा राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले लेनिनको शब्द सापटी लिँदै संसदलाई ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो’ को संज्ञा दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad