Namaste Icon
Ad
Ad

प्रधानमन्त्रीले लगाए कोभिड खोप

प्रधानमन्त्रीले लगाए कोभिड खोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । आइतबार बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुगेर ओलीले खोप लगाएका हुन् । यस्तै आजै सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पुगेर गृहमन्त्री रामबहादुर थापाले खोप लगाएका छन् । गृहमन्त्री रामबहादुर थापाले बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा कोभिडविरुद्धको खोप लगाए ।

योसँगै दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ भएको छ । प्रधानमन्त्री ओलीलाई खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ गरिएको हो । दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ ।

यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ । खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ ।

यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।

Ad

सम्बन्धित समाचारहरु

मानवअधिकार उलङ्घनका घटनाप्रति एमनेस्टी चिन्तित

मानवअधिकार उलङ्घनका घटनाप्रति एमनेस्टी चिन्तित

काठमाडौं । सन् २०२० मा मानवअधिकार उलङ्घनका घटना बढेकोप्रति एमनेस्टी इन्टरनेशनलले चिन्ता व्यक्त गरेको छ । सन् २०२० मा मानवअधिकारका घटनासम्बन्धी आज वार्षिक प्रतिवेदन सार्वजनिक प्रतिवेदनमा सरकारले मानवअधिकार हनन्का घटनाका दोषीलाई प्रभावकारी कारबाहीको दायरामा ल्याउन नसकेको उल्लेख गरिएको छ । एक सय ४९ देशको मानवअधिकारको अवस्थालाई समेटेर प्रतिवेदन तयार गरिएको हो । प्रतिवेदनमा नेपालमा राज्यपक्षबाट भएका मानवअधिकार उलङ्घनका केही गम्भीर घटनालाई पनि उजागर गरिएको छ । प्रतिवेदनअनुसार नेपालमा गोपनीयताको अधिकार, भेला हुने र अभिव्यक्ति स्वतन्त्रतालगायतका सन्दर्भमा सरकारले मानवअधिकारको विश्वव्यापी मान्यता र सिद्धान्तविपरीत काम गरेको आरोप लगाइएको छ ।

चीनले उपलब्ध गराएको खोप ‘भेरोसेल’ लगाउन सुरु

चीनले उपलब्ध गराएको खोप ‘भेरोसेल’ लगाउन सुरु

काठमाडौं । सरकारले बुधबार (आज) बाट चीनको अनुदानमा प्राप्त ८ लाख डोज कोभिडविरुद्धको खोप ‘भेरोसेल’ लगाउन शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो खोप १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइने जनाएको छ । बुधबार काठमाडौंको बानेश्वरस्थीत नागरिक अस्पतालमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोनोबिरुद्धको खोप हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणपछि उक्त खोप लगाउन सुरु गरिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad