Namaste Icon
Ad
Ad

'केपी ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन'

'केपी ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन'

काठमाडाैं । प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले आफ्नो अध्यक्ष पद खोस्न नसक्ने टिप्पणी गरेका छन् । संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपाको अध्यक्षको जिम्मेवारी केपी ओलीले खोसेर नखोसिने प्रतिक्रिया दिएका हुन् ।

उनले भने, 'नेकपा हामीले बनाएका हौँ, हामीले चलाएका छौं । त्यसमा मेरो अध्यक्षको जिम्मेवारी केपी ओलीले खोसेर खोसिन्न ।' अध्यक्ष नेपालले सर्वोच्च अदालतको फैसलाअनुसार ओली सरकारको आयु सकिएको टिप्पणीसमेत गरे । 'पूर्वमाओवादीले समर्थन फिर्ता लिएपछि सरकारको टिक्ने आधार के छ ?' उनले प्रश्न गरे ।

Ad

सम्बन्धित समाचारहरु

२०४७ सालको संविधान पुनः स्थापनाको विकल्प छैन : महतो

२०४७ सालको संविधान पुनः स्थापनाको विकल्प छैन : महतो

काठमाडौं । देशमा अहिले २०४७ सालको संविधान ‘नेपाल अधिराज्यको संविधान २०४७’ आवश्यक रहेको किशोरी महत्तोले बताएका छ्न । राजधानीमा पत्रकार सम्मेलन कार्यक्रम गरेर २०४७ सालको संविधान पुनः स्थापना हाम्रो अभियानका प्रमुख संयोजक रहेका महत्तोले २०७२ सालको संविधान मरिसकेको आरोप लगाउदै अब २०४७ सालको संविधान पुनः स्थापनाको विकल्प नरहेको बताएका हुन । त्यस्तै, उनले गणतन्त्रको अन्त्य भएकोले राजसँस्थाका लागि बाटो खुला भएको बताए । नेपालको संविधान २०७२ ले काम गर्न नसक्ने र अहिले २०७२ को संविधान लेख्नेहरु नै पछुताई रहेको प्रमुख संयोजक महत्तोले दाबी गरे । त्यस्तै, महत्तोले २०७२ को संविधानलाई संविधान लेख्नेले नै ब्लत्कार गरेको आरोप लगाए ।

सिंहदरबारको रत्यौली देशका आठ ठाउँमा पुग्यो : चित्रबहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताका कारण सिंहदरबारभित्रको किनबेच अहिले देशका आठ ठाउँमा पुगेको बताएका छन । नयाँ बानेश्वरको संसद भवनभित्र चल्ने रत्यौली अहिले धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर हेटौँडा, र विराटनगर पुगेको बताएका हुन । मंगलबार बुटवलमा राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले लेनिनको शब्द सापटी लिँदै संसदलाई ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो’ को संज्ञा दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad