Namaste Icon
Ad
Ad

‘ओली र बादलको मादल चाहिं राम्रैसँग फुट्यो’ – नेता रिजाल

‘ओली र बादलको मादल चाहिं राम्रैसँग फुट्यो’ – नेता रिजाल

सुनसरी । नेकपाको केन्द्रीय संघर्ष समिति सदस्य रामप्रसाद रिजालले सर्वोच्च अदालतले एकीकरणलाई मान्यता नदिएको नभई एकता पछिको नामलाई मात्र मान्यता नदिएको तर्क गरेका छन । नेता रिजालले बहुमत केन्द्रीय सदस्य हरुको हस्ताक्षरबाट पार्टीको नामकरण हुने बताए । आकाशै खसे जस्तो केही भएको छैन भन्दै उनले बहुमत नपुगे पछि ओली र बादलहरुको मादल चाहिं राम्रै संग फुटेको उल्लेख गरे ।

उनले भने, ‘ओली र बादलहरुको पार्टी नै नभएको अवस्था छ । अदालतले पनि पाकी सकेको भातलाई धान बनाईदियो ।’ ओलीको कुर्सी मोहले नेकपा पार्टी धरापमा पर्यो केही छैन दल त छदैछ नी आत्तिने काम नगरौं कमरेडहरु भन्दै नेता रिजालले तर्क गरेका छन । नेता रिजालले भने, ‘ओली असत्यको पक्षमा छन जालझेलको पक्षमा छन । माधव–प्रचण्ड सत्य र न्यायको पक्षमा छन त्यसैले अन्तमा माधव–प्रचण्ड कै जीत हुन्छ ।

राजनीति सेवा हो पेसा होइन तर ओलीले पेशा बनाएको नेता रिजालको आरोप छ । सर्वोच्चको निर्णयले ओली सरकार को आयू सकिएको र ओलीले खोसेर नेकपा पार्टी नखोसिने र नेकपाको आधिकारिकता सहित सूर्य चिन्ह माधव प्रचण्डले नै पाउने नेता रिजालले बताए । उनले भने, ‘कमरेडहरु हामीसँग कम्युनिस्ट आन्दोलन र मुलुक परिवर्तनका महानायकहरु माधव–नेपाल र प्रचण्ड कमरेडहरु भएकोले हामी ढुक्क छौँ, खेल अन्तमा हामीले नै जित्छौँ । ओली समाप्त भईसकेका छन उनको जालझेल धेरै दिन टिक्न सक्दैन अदालतको फैसला पुनः विचार तथा संशोधन पनि हुन्छ ।’

 

Ad

सम्बन्धित समाचारहरु

कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिन्छ: अध्यक्ष पुन

काठमाडौं । नेपालका कारागारमा क्षेमताभन्दा चारगुणा बढी कैदीहरु राखिने गरेको मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालकी अध्यक्ष कोकिला पुनले बताएकी छन । उक्त संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय शंकरकुमार केसीको फोटोमा माल्यार्पण गर्दै अध्यक्ष पुनले कारागारहरुमा क्षमता बढी र अव्यवस्थित तरिकाले कैदीहरु राख्ने गरेको बताएकी हुन ।

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

ललितपुर । गोदावरीमा महिला उद्यमशिलता विकास गरिने भएको छ । नगरपालिका र गोदावरी उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा यस क्षेत्रका महिलालाई अघि बढाएर समृद्ध नगरपालिका निर्माणका लागि उक्त काम गर्न लागिएको हो । चालु आर्थिक वर्षको बाँकी तीन महिना अवधिमा उद्यम गर्न इच्छुक महिला खोजेर उनीहरुको रुची अनुसारका काम गर्न प्रेरणा दिइने नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, सवल, सक्षम र समृद्ध नगरपालिका बनाउन यी तत्व पनि आवश्यक रहनाका साथै एक उद्यमीले अर्का एक सय व्यक्तिलाई रोजगार दिन सक्छ भन्ने विश्वासका साथ यस काम अघि बढाउन लागेका हौं । उद्यम गर्न चाहने महिला जस्को आर्थिक अवस्था कम्जोर छ सो का हितमा कोष समेत खडा गर्नेतर्फ ध्यान दिइने भएको महर्जनले जानकारी गराए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad